Logo

आफन्तको रक्तदान कार्यक्रम सम्पन्न

आफन्तको रक्तदान कार्यक्रम सम्पन्न


रामराजा श्रेष्ठ
0
Shares

बिजखवर संवाददाता

२१ मंसिर, काठमाडौं । आफन्त बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रम गरिएको सस्थाका अध्यक्ष सुनिल खरेलले बताए । शनिबार भएको उक्त कार्यक्रममा ३१ जनाले रक्तदान गरेको संस्थाले जानकारी दिएको छ ।

२०६५ सालमा स्थापित यस सहकारीको चुक्त पुँजी २ करोड रुपैयाँ रहेको छ । संस्थाले हालसम्म ३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने सोही अनुपातमा कर्जा प्रवाह गरेको अध्यक्ष खरेलले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL