Logo

लोबुचे र मनास्लु हिमाल आरोहण गर्न बहराइनका राजकुमारसहितको टोली नेपाल आउँदै

लोबुचे र मनास्लु हिमाल आरोहण गर्न बहराइनका राजकुमारसहितको टोली नेपाल आउँदै



काठमाडौं । बहराइनका राजकुमार नासिर बिन हामिद अल खलीफासहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणमा नेपाल आउँदैछन् । कोरोना महामारीका बेला बहराइनका राजकुमारसहित १८ जनाको टोली हिमाल आरोहणका लागि मंगलबार राति नेपाल प्रस्थान गरेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ।

laxmi

बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १५ जना बहराइनका नागरिक तथा ३ जना बेलायती नागरिक रहेको सो टोली शेख ईशा एयरबेसबाट विशेष विमानबाट नेपाल प्रस्थान गरेको हो ।

दुई महिनाको कार्यक्रमसहित नेपाल प्रस्थान गरेको सो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्व तयारीको रूपमा लिंदै सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने छ। सो​ टोलीलाई आरोहणका लागि नेपाल आउन दिने प्रस्ताव सम्बन्धमा मिति २०७७।५।१४ मा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय भएको थियो ।

नेपालका दुइटा हिमाल आरोहणका लागि राजकुमार नासिरसहित १८ जना आउँदैछन् । जस्मा १५ जना बहराइनी र ३ जना बेलायती छन् । पर्यटन विभागका अनुसार, यो टोलीका प्रायः सबै सदस्य बहराइनको सैनिकसँग आबद्ध छन् । बहराइनी राजकुमार आफै पनि बहराइन सैनिक (बहराइन गार्ड) का कमाण्डर हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL