Logo

नेवानिको मुम्बई उडान सुरु, दुईतर्फी भाडा २२ हजार ४९

नेवानिको मुम्बई उडान सुरु, दुईतर्फी भाडा २२ हजार ४९


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१९ भदौ,काठमाडौं । नेपाल वायुसेवा निगमले शुक्रवारदेखि भारतको मुम्बईमा उडान सुरु गरेको छ । निगमको एयरबस ए ३२०(२०० जहाजले ५२ यात्रु बोकेर दिउँसो २ बजे मुम्बईतर्फ उडान भरेको हो ।

निगमले नयाँ एयरबस भित्र्याएपछी मुम्बई उडान सुरु गरेको हो । निगमले सातामा मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा ३ दिन बैंगलोरका लागि उडान हुनेछ भने सोमवार र शुक्रवार मुम्बईका लागि उडान भर्ने बताइएको छ ।

मुम्बईका लागि प्रवद्र्धनात्मक भाडादर करसहित दुईतर्फी २२ हजार ४९ तोकेको छ । यता एकतार्फी भाडा ११ हजार १ सय रुपैयाँ तोकिएको छ। नेपाली र विदेशीलाई समान भाडादर कायम गरिएको वायुसेवा निगमका कामु उपनिर्देशक शैलेश कंसाकारले जानकारी दिए ।

यात्रुले दुईवटा टिकट किन्दा एउटा निःशुल्क पाउने निगमले जानकारी छ ।

निगमले मुम्बईबाट बिदा मनाउन नेपाल आउने र नेपालबाट मुम्बई जाने यात्रुलाई लक्षित गर्दै उडान सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL