Logo

विदेशी पर्यटकबाट ६ महिनामा भित्रियो पौने ४३ अर्ब, नेपालीले विदेशमा गएर गर्ने खर्चमा २१ प्रतिशतले गिरावट

विदेशी पर्यटकबाट ६ महिनामा भित्रियो पौने ४३ अर्ब, नेपालीले विदेशमा गएर गर्ने खर्चमा २१ प्रतिशतले गिरावट



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा बिदेशीले नेपालमा गर्ने खर्च वृद्धि भएको छ । चालु आबको पहिलो ६ महिनामा विदेशी पर्यटकले ४२ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ खर्च गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । सोही अवधिमा नेपालीले विदेशमा गर्ने खर्च भने ३७ अर्ब ५८ करोड ७६ लाख रुपैयाँ मात्रै रहेको छ ।

laxmi

गत बर्षको सोही अवधिमा भने विदेशी पर्यटकले नेपाल आएर ३७ अर्ब ४१ करोड ९७ लाख रुपैयाँ खर्च गरेको थियो भने नेपालीले विदेशमा गएर गर्ने खर्च ४७ अर्ब ९९ करोड १९ लाख रुपैयाँ रहेको थियो । तथ्याङ्क अनुसार चालु आवको पहिलो ६ महिनामा नेपालीले विदेशमा गर्ने खर्च गत आवको सोही तुलनामा करिब १० अर्ब रुपैयाँले घटेको छ ।

चालु आवको ६ महिनामा विदेशी पर्यटकले नेपालमा आएर गर्ने खर्चमा १४ दशमलब २ प्रतिशतले वृद्धि भएको छ भने नेपालीले विदेशमा गर्ने खर्चमा २१ दशमलब ७ प्रतिशतले कमि आएको छ । गत बर्षको सोही अवधिमा भने विदेशी पर्यटकले नेपालमा गर्ने खर्चमा ७ दशमलब ८ प्रतिशतले वृद्धि भएको थियो भने नेपालीले विदेशमा गर्ने खर्चमा ३० दशमलब ८ प्रतिशतले वृद्धि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL