Logo

भिस्ताराको दिल्ली–काठमाडौं उडान सेवा सुरु, हवाई भाडा साढे १५ हजार

भिस्ताराको दिल्ली–काठमाडौं उडान सेवा सुरु, हवाई भाडा साढे १५ हजार



काठमाडौं । भारतीय वायुसेवा कम्पनी भिस्ताराले दिल्ली–काठमाडौं उडान सेवा सुरु गरेको छ । भिस्ताराले मंगलबारदेखि दिल्ली–काठमाडौं उडान सेवा सुरु गरेको हो ।

laxmi

भिस्ताराका ब्यापारिक प्रमुख बिनोध कन्ननले भ्रमण बर्षको अवसरमा नेपालमा उडान सुरु गर्न पाएकोमा खुसी ब्यक्त गरेका छन । उनले भने, ‘हामी नेपाल आउने र नेपालबाट जाने यात्रुहरुलाई विश्वस्तरिय सेवा र अनुपम सेवा प्रदान गर्न बचनबद्धता ब्यक्त गर्दछौं ।’ भिस्ताराले यात्रुहरुलाई ३ श्रेणी ब्यवस्थापन सहितको सेवा प्रदान गर्ने छ । कम्पनीको जहाज ए ३२० मार्फत दिल्ली–काठमाडौं उडानमा बिजनेस क्लास, प्रिमियम ईकोनोमी र ईकोनोमी क्लास रहेको छ ।

कम्पनीको दिल्ली–काठमाडौं हवाई भाडादर भने १५ हजार ८ सय रुपैयाँ रहेको छ । हाल भिस्ताराले भारतको बैंगलोर, चेन्नई, हैदराबाद, मुम्बई र पुनेलगायतका शहरमा समेत आफ्नो आन्तरिक उडान गरिरहेको कन्ननले जानकारी दिएका छन । त्यसतै सन २०१९ को अगष्टमा सिंगापुर उडानसँगै भिस्ताराले अन्तरराष्ट्रिय उडानसेवा सुरु गरेको थियो ।

सिंगापुरसँगै हाल सो कम्पनीले दुबई, कोलोम्बो र बैंकक पछि पाँचौं गन्तब्यको रुपमा नेपाल उडान सुरु गरेको हो । कम्पनीले अन्तरराष्ट्रिय उडान विस्तारसँगै २०२३ सम्ममा न्यारोबडी र वाईडबडी गरि ४० जहाज थप्ने योजना समेत रहेको कन्ननले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL