Logo

नेपाली झण्डासहित भ्रमण वर्षको लोगो विश्वका प्रसिद्ध टावर तथा भवनहरुबाट प्रदर्शन गरिने

नेपाली झण्डासहित भ्रमण वर्षको लोगो विश्वका प्रसिद्ध टावर तथा भवनहरुबाट प्रदर्शन गरिने



काठमाडौँ । सरकारले विश्वका प्रसिद्ध टावर तथा भवनहरुमार्फत् नेपाली झण्डा र नेपाल भ्रमण वर्ष २०२० को लोगो प्रदर्शन गर्ने भएको छ । भ्रमण वर्षको प्रचार–प्रसारका लागि सरकारले यस्तो नीति लिएको पर्यटन मन्त्री योगेश भट्टराईले आइतबार सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन् । मन्त्री भट्टराईले गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा विदेशी भूमिमा नेपाल र नेपाल भ्रमण वर्षबारे प्रचार प्रसार गर्न लागिएको बताएका छन् ।

laxmi

भ्रमण वर्षको प्रचार–प्रसारमा एनआरएनए अध्यक्ष कुमार पन्तलाई सहयोग गर्न अनुरोध गरेकोमा उनले सहर्ष स्वीकारको भट्टराईको भनाइ छ ।

नेपाली झण्डासहित भ्रमण वर्षको लोगो अष्ट्रेलियाको सिड्नी, विलिङटन (न्युजिल्याण्ड), जापानको टोकियो, सिओल (कोरिया), दोहा (कतार), हङकङ, लण्डन, डब्लिन(आयरल्याण्ड), न्यूयोर्क, शिकागो (अमेरिका), म्यूनिख(जर्मनी, ब्रसेल्स(बेल्जियम), दूबई (यूएई, टोरन्टो (क्यानाडा) लगायतका मुख्य–मुख्य शहरहरुमा डिसेम्बर ३१ का दिन प्रदर्शन गरिने छ । नयाँ वर्षको अवसर र भ्रमण वर्षको स्वागत कार्यक्रम अन्तरगत यस्तो कार्यक्रम तय गरिएको मन्त्री भट्टराईले जानकारी दिएका छन् ।

भिजिट नेपाल २०२० को उद्घाटन कार्यक्रम नेपालमा जनवरी १ मा दशरथ रङ्गशालामा वृहत कार्यक्रम गरी राष्ट्रपतिद्वारा उद्घाटन गरिने कार्यक्रम छ । भने जनवरी ७ मा विविभिन्न देशका दूतावासहरुमा र दूतावास नभएका देशहरुमा भने एनआरएनएको सहायतामा विभिन्न स्थानहरुमा गरिदैं छ ।

प्रतिक्रिया दिनुहोस्
MBL