Logo

भ्रमण बर्षलाई राष्ट्रिय उत्वसको रुपमा मनाऔं : मन्त्री भट्टराई, नीजि क्षेत्र भन्छ –‘हाम्रो पनि कर्तव्य र दायित्व हो’

भ्रमण बर्षलाई राष्ट्रिय उत्वसको रुपमा मनाऔं : मन्त्री भट्टराई, नीजि क्षेत्र भन्छ –‘हाम्रो पनि कर्तव्य र दायित्व हो’



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई राष्ट्रिय उत्वसको रुपमा मनाउन नीजि क्षेत्रलाई आह्वान गरेका छन् । आइतबार भ्रमण वर्ष २०२० को तयारीका सन्दर्भमा आयोजित नीजि क्षेत्रका संघ–संस्थाहरुसँगको छलफलमा मन्त्री भट्टराईले राष्ट्रिय उत्वसको रुपमा मनाउन नीजि क्षेत्रलाई आह्वान गरेका हुन ।

laxmi

लामो समयको संघर्षपछि राजनीतिक संघर्ष टुंगोमा पुगेर मुलक आर्थिक समृद्धिको बाटोमा हिडेको उल्लेख गर्दै मन्त्री भट्टराईले अबको सबैको साझा अजेन्डा आर्थिक समृद्धि हुनुपर्ने बताए । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्श, नेपाल उद्योग परिसंघ, यातायात व्यवसायी महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल हस्तकला महासंघ, नेपाल साना घरेलु उद्योग महासंघलगायतका प्रमुखहरुको सहभागिता रहेको थियो ।

नेपाल भ्रमर्ण वर्ष–२०२०’ कार्यक्रमबाट विश्व समुदायलाई नेपाल अब शान्ति, समृद्धि र स्थायीत्वको बाटोमा अघि बढेको सन्देश दिनुपर्ने बताए । उनले भने, ‘नेपालको अबको बाटो समृद्धिको हो, नेपाल लगानीको लागि उयुक्क्त ठाउँ हो भन्ने सन्देश दिन सक्नु पर्छ ।’ त्यस्तै मन्त्री भट्टराईले नेपाल भ्रमर्ण वर्ष–२०२० को प्रचार तथा प्रबद्र्धनको निम्ती भ्रमर्ण वर्षको लोगो आफ्ना उत्पादनको सामग्रीहरुमा प्रयोग गर्न समेत आग्रह समेत गरेका छन ।

कार्यक्रममा नेपाल नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भ्रमण वर्षलाई प्रचार–प्रसार तथा प्रबद्र्धनमा महासंघ जुटिरहेको बताईन । महासंघले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा भ्रमण वर्षको प्रचार प्रसार गरेको अध्यक्ष राणाले जानकारी दिएकी थिइन ।

नेपाल उद्योग परिसरका अध्यक्ष शतिस कुमार मोरले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ लाई सफल बनाउन नीजि क्षेत्रको पनि कर्तव्य र दायित्व भएको बताए । अध्यक्ष मोरले बाहिर निर्यात गरिने नेपालका उत्पादनहरुमा भ्रमर्ण वर्षको लोगो राख्ने प्रतिबद्धता समेत जनाए ।

त्यसतै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’मा आउने २० लाख पर्यटकको संख्या भन्दा सन्देश महत्वपूर्ण हुने बताए । अध्यक्ष श्रेष्ठले भने, ‘संख्या ठुलो होइन सन्देश ठुलो कुरा हो । सन्देश राम्रो गइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL