Logo

भ्रमण बर्ष लक्षित यमरी फुड फेस्टिवल, यमरी बनाउन सिकाइने

भ्रमण बर्ष लक्षित यमरी फुड फेस्टिवल, यमरी बनाउन सिकाइने



काठमाडौं । भ्रमण बर्षको पूर्व सन्ध्यामा ‘यमरी पुन्ही फुड फेस्टिवल’ हुने भएको छ । यही मंसिर २१ गते शनिबार काठमाण्डौंस्थित सेतो मछिन्द्रनाथ मन्दिर परिसर, केल टोल जनवहाल–असनमा यमरी पुन्ही फुड फेस्टिवल हुने भएको हो ।

laxmi

भ्रमण बर्ष लक्षित विभिन्न खानाका परिकारसँगै यमरी पुन्ही फुड फेस्टिवल आयोजना गर्न लागेको बिद्यार्थी मञ्च नेपालका अध्यक्ष अभिषेक अर्यालले जानकारी दिएका छन । उक्त फेस्टिवलमा काठमाण्डौ उपत्यका भित्र नेवारी समुदायको बिशेष परिकारको रुपमा मानिने यमरीको स्वाद लिन सकिनेछ ।

शनिबार चल्ने उक्त यमरी पुन्हीको पुर्वसन्ध्यामा सहभागिता जनाउनेहरुले स्टलमा राखिएका बिभिन्न फरक–फरक परिकारहरुको अर्गानिक स्वादको मज्जा लिन पाउनुको साथै बिशेष छुटमा योमरी किन्न सकिने आयोजकले जनाएको छ ।

पछिल्लो समय नेवारी समुदायबाट लोप हुदै गएका र खानामा आफ्नै मौलिक पहिचान बनाएका नेवारी परिकारहरुलाई जर्गेना गर्न र नयाँ पुस्ताहरुलाई स्वाद चखाउन आफुहरुले यमरी पुन्ही फेस्टिवल ११४० को आयोजना गरेको अध्यक्ष अर्यालको भनाई रहेको छ ।

कार्यक्रम संयोजक तथा मञ्चकी सचिव बिजिता शाक्यले भने यस्ता कार्यक्रमहरुको आयोजनाले नेवारी परिकारको संरक्षण, नयाँ पुस्तामा हस्तान्तरण र समाजमा सकारात्मक प्रभाव पार्ने बताईन । साथै उक्त कार्यक्रममा स्वदेशी तथा विदेशी सहभागिहरुलाई यमरी बनाउन बनाउन समेत सिकाईने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL