Logo

भ्रमण बर्षभरी पर्यटकलाई नाट्टाकाे १० प्रतिशत छुट, गाईडलाई ढाकाटाेपी अनिवार्य

भ्रमण बर्षभरी पर्यटकलाई नाट्टाकाे १० प्रतिशत छुट, गाईडलाई ढाकाटाेपी अनिवार्य



काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभलले भ्रमण बर्ष भरि पर्यटकलाई १० प्रतिशत छुट दिने भएको छ । नेपाल भ्रमण बर्ष सचिवालय र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल (नाट्टा) बीच भएको सम्झौता कार्यक्रममा नाटाका अध्यक्ष सिएन पाण्डेले उक्त कुरा बताएका हुन ।

भ्रमण बर्ष भरि आफुहरुको टुर प्याकेजमा पर्यटकलाई १० प्रतिशत छुट दिने गरी नयाँ कार्यक्रम सार्वजनिक गरेको नाटा अध्यक्ष पाण्डेले जानकारी दिएका हुन । उनले विहीवार भ्रमण बर्ष सचिवालय र नाट्टा बिच भएको दुई पक्षिय हस्ताक्षरपछि यस्तो घोषणा गरेका हुन् ।

भ्रमण बर्षका संयोजक सुरज बैधले सात ओटै प्रदेशमा पर्यटक लैजाने गरी तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । त्यस्तै नाट्टाका अध्यक्ष पाण्डेले मलेसिया, चीन, भारतलगायतका देशहरुलाई भ्रमण बर्षमा प्राथमिकतामा राख्नु पर्ने बताए ।

त्यस्तै उनले ट्रेकिङ गाईडहरुलाई सके सम्म भ्रमण बर्ष अंकित पोशाक लगाउने नभए ढाका टोपी मात्रै भए पनि लगाउन प्रोत्साहन गर्ने जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL