Logo

टानमा थापा र सुवेदीको दोहोरो भिडन्त, कस्ले मार्ला बाजी

टानमा थापा र सुवेदीको दोहोरो भिडन्त, कस्ले मार्ला बाजी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ट्रेकिङ एजेनसिज एशोसिएशन अफ नेपाल (टान) मा यही भदौ २० गते हुने निर्वाचनको लागि २ समुहले आफ्नो उमेदवारी दर्ता गराएका छन ।

laxmi

टान सचिवालयका अनुसार २० गते हुने ४१ औं साधारणसभाका लागि अध्यक्षमा सत्तारुढ दल नेकपाका तर्फबाट अञ्जन थापा (कुमार) र काङ्ग्रेसका तर्फबाट खुम सुवेदी नेतृत्वको समूहले उमेदवारी दर्ता गराएका छन ।

दुबै समुहले आफुलाई बलियो दावेदारको रुपमा रहेको जानकारी दिएका छन । यस अघि करिब एक दर्जन भन्दा बढीले अध्यक्षको दावेदार गरे पनि अन्नत २ जनाको समुहले मात्रै आवेदन दिएको सचिवालयले जानकारी दिएको छ ।

कामीरिन्जी शेर्पाको समुहले समेत उमेदवारी दर्ता गर्ने तयारी गरे पनि अन्तिममा आएर चुनावमा भाग नलिने जानकारी दिएका छन । नेपाल पर्यटन परिषदको बोर्ड बैठकले सहमति गरे अनुसार खुम सुवेदीको समुहलाई सहयोग गर्ने गरी उमेदवारी नदिने घोषणा गरेको शेर्पाले जानकारी दिएका छन ।

सुवेदीको समुहबाट ३ जना उपाध्यक्ष र महासचिवमा कर्मा शेर्पा, सचिवमा प्रदिप कुमार घिमिरे तथा कोषाध्यक्षमा ऋतु ग्याम्दान रहेकी छिन । त्यस्तै थापा समुहमा ३ उपाध्यक्ष सहित महासचिवमा सरिता लामा, सचिवमा दामोदर दाहाल, कोषाध्यक्षमा टेकबहादुर सकुराल रहेका छन ।

१८ सय जना भन्दा बढी सदस्य रहेको टानमा हाल १ हजार ३ सय १९ सदस्य कम्पनीले आफ्नो नाम नवीकरण गरि सकेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL