Logo

नेपाली जहाज छिट्टै युरोपको आकाशमा उड्छ : पर्यटन मन्त्री भट्टराई

नेपाली जहाज छिट्टै युरोपको आकाशमा उड्छ : पर्यटन मन्त्री भट्टराई



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपको आकासमा नेपाली जहाज उडन अब धेरै समय कुर्नु नपर्ने बताएका छन ।

laxmi

आईकाओले उठाएको सेफ्टी र सुरक्षामा नेपालले ६७ प्रतिशत अंक ल्याई पास भएको भन्दै युरोपको आकासमा उडने दिन धेरै टाढा नरहेको मन्त्री भट्टराईले जानकारी दिएका छन । उनले भने, ‘अहिले हामीले ६७ प्रतिशत ल्याएका छौं अव म आए पछि ८० प्रतिशत पुर्याउँछौं ।’

त्यसतै मन्त्री भट्टराईले नेपालमै पाईलटहरु उत्पादन गर्न फ्लाईङ स्कुलको समेत निर्माण गर्ने बताएका छन । उनले आगामी दिनमा स्वदेशमै पाइलट उत्पादनका लागि फ्लाइङ स्कुल निर्माण गर्ने बताउँदै विदेशमा ५० लाख भन्दा बढी खर्च हुने पढाइलाई कम खर्चमा पढ्न सकिने व्यवस्था गरिने बताएका हुन ।

जस्का लागि निर्माण लागत भने कति लाग्ने भन्ने विषयमा वायुयान कम्पनीहरुसँग सरकारले छलफल गरेर टुङ्गो लगाउने र उक्त स्कुल निर्माणको लागि सरकार र वायुयान कम्पनी दुबैको लगानी रहने समेत उनले जानकारी दिएका छन ।

साथै उनले आगामी दिनमा नागरिक उड्डयन प्राधिकरणलाई दुई भागमा विभाजन गर्नको लागि समेत काम अघि बढी सकको जानकारी दिएका छन । प्राधिकरणलाई नियमन निकाय र नियामक निकाय बनाउन सरकारले राय लिनको लागि पत्र समेत सम्वन्धित निकायमा पठाई सकेको भट्टराईले जानकारी दिएका छन ।

उनले निगमका सबै ग्राउण्डेड जहाज संचालनमा ल्याउन समेत निर्देशन दिइसकेको बताउँदै विमानस्थलमा प्रयोग हुने पुराना गाडीहरु थनक्याउने र नयाँ बस ल्याउनको लागि समेत आफु लागि पर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL