काठमाडौं । पोखरामा २ दिने ग्रामिण पर्यटन मार्ट संचालन भईरहेको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले संचालन गरेको उक्त मार्ट आज सकिँदै छ ।
गण्डकी प्रदेशमा २ सय ७३ ओटा होमस्टे (घरवास) भए पनि मार्टमा भने ३० ओटा स्टलमा ९ ओटा मात्रै होमस्टे सहभागि भएको आयोजक श्रोतले जानकारी दिएका छन । ति श्रोतका अनुसार अन्य स्टल भने खाली रहेको छ ।

तर मार्टका अध्यक्ष रविन्द्रराज पौडेलले भने २ सय ७३ ओटा होमस्टेबाटै ३० ओटा नमुना होमस्टेलाई मात्रै सहभागि गराएको बताए । मार्टमा सहभागि ९ ओटा होमस्टे मार्फत केही स्टलमा खानाका परिकार रहेका छन भने अन्यमा ब्रोसरमात्रै राखिएको आयोजक श्रोतले जानकारी दिएका छन ।

ति श्रोतका अनुसार आयोजकले बर्षातको मौसम भन्दै बजेट सकाउने खेल भईरहेको र थौरै होमस्टेलाई मात्रै सहभागि गराएको जानकारी दिएका छन । श्रोतका अनुसार अवलोकनकर्ताको रुपमा भने अन्य कोही नभएर आयोजक मात्रै भएको बताए ।

उक्त मार्ट संचालनको लागि २० लाख रुपैयाँ प्राप्त भए पनि आयोजक पौडेलले भने उक्त मार्ट संचालनका लागि नेपाल पर्यटन बोर्डबाट १५ लाख रुपैयाँ मात्रै सहयोग प्राप्त भएको र अन्य बाट कुनै सहयोग नभएको बताएका छन ।
तर गण्डकी प्रदेशले समेत ५ लाख रुपैयाँ सहयोग गरेको आयोजक श्रोतको दाबी रहेको छ । त्यस्तै उक्त मार्टमा प्रयोग भएको भ्रमण बर्ष २०२० को लोगो समेत गलत लगाईएको छ ।