Logo

खराव मौसमका कारण त्रिभुवन विमानस्थलबाट हुने उडान प्रभावित, लुक्लाबाट हुने उडान पूर्ण वन्द

खराव मौसमका कारण त्रिभुवन विमानस्थलबाट हुने उडान प्रभावित, लुक्लाबाट हुने उडान पूर्ण वन्द



काठमाडौं । मौसममा खराव भएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएको छ । विमानस्थलबाट हुने अन्तरराष्ट्रिय तथा आन्तरिक उडानमा केही ढिला भएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन ।

laxmi

जहाज उडानमा केही ढिला भए पनि हाल सम्म उडान भने स्थगित गर्नु नपरेको क्षेत्रीले जानकारी दिएका छन । तर तेञ्जिङ हिलारी विमानस्थल लुक्ला, फाप्लु स्याङबोचे, नाम्चेलगायतका विमानस्थलमा भने उडान अवरुद्ध भएको लुक्ला विमानस्थलले जानकारी दिएको छ ।

कार्यालयका अनुसार शनिबार बिहानै देखी परेको बर्षाका कारण काठमाडौं, फाप्लु र रामेछाप हुने उडान अवरुद्ध भएको हो । पर्यटकिय सिजन सुरु भएपछि नाम्चे, लुक्ला र फाप्लुमा उडानको अत्याधिक चाप हुने गरे पनि शनिबार उडान स्थगित हुँदा पर्यटकहरु रुम्जाटार र लामीडाँडामा अलपत्र परेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL