Logo

एयर डाइनास्टिको हेलिकप्टरमा गम्भीर सुरक्षा लापरबाही, ५ जनाको उडान क्षमतामा ७ जना सवार किन ?

एयर डाइनास्टिको हेलिकप्टरमा गम्भीर सुरक्षा लापरबाही, ५ जनाको उडान क्षमतामा ७ जना सवार किन ?



काठमाडौं । एयर डाइनास्टिकले आफ्नो उडानको क्रममा गम्भीर सुरक्षा लापरबाही गरेको पाईएको छ । डाइनास्टिकको हेलिकप्टको यात्रु क्षमता ५ भएपनि ७ जना राखेर उडान भरेको छ ।


डाइनास्टिकले आफ्नो वेबसाईटमार्फत नै हेलिकप्टरमार्फत ५ जनाभन्दा बढी उडान गर्न नसकिने उल्लेख गरेको छ । तर, आज संस्कृति तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीको दुर्घटना हुँदा उक्त हेलिकप्टरले ७ जना बोकेर उडेको थियो ।


कुनै पनि हेलिकप्टरले आफ्नो क्षमता भन्दा बढी यात्रु बोकेर हिड्नु गम्भीर लापरबाही भएको सम्बद्ध विज्ञहरुले बताएका छन् ।


एयर डाइनास्टिकले आफ्नो उडानको क्रममा लापरबाही गरेसँगै नेकपा स्थायी कमिटि सदस्य तथा प्रतिनिधिसभा संसदले प्रश्न उठाएका छन् । ‘भिआइपी उडानमा पाइलट सहित ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ बजार मै झारेरमात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले,’ उनले आफ्नो फेसबुकमार्फत भनेका छन्, ‘तर आज मौसम खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’

प्रतिक्रिया दिनुहोस्