Logo

नयाँ वर्षको अवसरमा होटल रेष्टुराँको ४० प्रतिशतसम्म छुट, विदेशीको तुलनामा आन्तरिक पर्यटकको चहलपहल बढ्दो

नयाँ वर्षको अवसरमा होटल रेष्टुराँको ४० प्रतिशतसम्म छुट, विदेशीको तुलनामा आन्तरिक पर्यटकको चहलपहल बढ्दो


राङडोल लामा
27
Shares

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सुरु भएसँगै काठमाडौं, पोखरा चितवन लगायतका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन ।

विशेष गरी अंग्रेजी नयाँ वर्षमा विदेशी पर्यटकहरु आफ्नै परिवारसँग बस्ने भएकाले पनि आन्तरिक पर्यटकहरुको चहलपहल बढी हुने होटल एशोसिएशन अफ नेपाल (हान) का महासचिब विनायक शाहले जानकारी दिए ।

उनका अनुसार अहिले नयाँ वर्षको अवसरमा आन्तरिक पर्यटक मात्रै करिब १० देखी १५ लाखको हाराहारीमा हुने र विदेशी पर्यटक भने ५ देखी ७ लाख मात्रै हुने अनुमान रहेको छ ।

अरु बेला महंगो हुने भएकाले पनि ट्राभल एजेन्सिज तथा होटलहरुले यो अवसरमा विशेष प्याकेजको घोषणा गर्ने गरेको महासचिव शाहको भनाई रहेको छ । अहिले सार्वजनिक गरेका प्याकेजहरु अरु बेलाको तुलनामा ४० प्रतिशत सम्म सस्तो हुने शाहको दाबी रहेको छ ।

‘अहिले काठमाडौं, पोखरा चितवन लगायतका होटलहरुमा विदेशी पर्यटक भन्दा आन्तरिक पर्यटकको चहल पहल बढी छ,’ उनले भने, ‘नयाँ बर्षको अवसर पारेर हरेक होटलहरुले डिसेम्बर अन्तिम दिनमा बिभिन्न कार्यक्रमहरु समेत राखेको छ ।’

त्यस्तै पर्यटकलाई आकर्षित गराउन होटलहरुले बिभिन्न प्याकेजमार्फत विशेष छुट दिने भएको छ । अंग्रजी नयाँ वर्ष मनाउन बागलुङ भित्रने पर्यटकले १ सय रुपैयाँमा कोठा पाउने भएको छ भने पोखरामा ५ सय रुपैयाँ देखी ३ हजार रुपैयाँ सम्मको कोठाहरु रिर्जभ भएको हानका महासचिव शाहको भनाई रहेको छ ।

नयाँवर्षकै अवसर पारेर पर्यटक लक्षित भैरहवामा विशेष महोत्सव हुने भएको छ । जहाँ अरुबेलाको तुलनामा ४० प्रतिशत सम्म छुट पाउनेछन । महोत्सवमा पेय पदार्थ देखी, नाचगान, खान बस्न लगायतका प्याकेज रहेको उनले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्