Logo

बिमस्टेकलाई लक्षित गर्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल २४ घण्टा खुल्ला, भदौ १४ गते साढे २ घण्टा बन्द

बिमस्टेकलाई लक्षित गर्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल २४ घण्टा खुल्ला, भदौ १४ गते साढे २ घण्टा बन्द



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआईए) भदौ १४ र १५ गते २४ घण्टा संचालन हुने भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगाल खाडीको प्रयास (बिमस्टेक) को लागि भदौ १४ गते विहान ८ देखि साढे १० बजेसम्म टिआईए बन्द हुने भए पछि उक्त २ दिन २४ घण्टानै संचालन गर्न लागेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन ।

काठमाडौंमा हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने विशिष्ट पाहुनाहरुलाई लक्ष्य गरी करिब साढे २ घण्टा टिआईए बन्द हुँदा करिब २२ वटा फ्लाईट प्रभावित हुने महाप्रवन्धक क्षेत्रीले बताएका छन ।

उक्त २ घण्टामा कुनै पनि उडान हुँदैन महाप्रवन्धक क्षेत्रीले भने । यो २ घण्टाको बीचमा जतीवटा फ्लाईट छ सबै क्यान्सील हुने र अघि पछि समय मिलाएर फ्लाईट गर्न दिने विमानस्थलको योजना रहेको छ ।

एयरलाईन्सहरुले विमानस्थललाई अनुरोध गरेको खण्डमा उक्त २ दिन २४ सै घण्टा विमानस्थल खुल्ला रहने क्षेत्रीले बताए । भिआईपीहरु आउँदा विमानस्थल साढे २ घण्टा बन्द भए पनि जाँदा भने आधा घण्टामात्र बन्द हुनेछ ।

साथै बिमस्टेक सम्मेलन देशकै प्रतिष्ठाका रुपमा महत्तवपूर्ण भएकाले यात्रुहरुको सुरक्षा तथा सहजीकरणका लागि यात्रुहरुबाहेक अन्य आगन्तुकहरुलाई विमानस्थल प्रवेशमा रोक लगाएको समेत महाप्रवन्धक क्षेत्रीले जानकारी दिएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL