Logo

निगमको ‘मकालु’ काठमाडौं आइपुग्यो, एक महिना भित्र परीक्षण उडान

निगमको ‘मकालु’ काठमाडौं आइपुग्यो, एक महिना भित्र परीक्षण उडान



काठमाडौं । नेपाल वायुसेवा निगमको दोस्रो वाईडबडी विमान काठमाडौं आईपुगेको छ ।

निगमले ‘मकालु’ नाम दिएको वाइडबडी ए ३३०–२०० विमान बिहीबार बिहान करिब ९ बजेर २१ मिनेटमा काठमाडौं अवतरण गरेको हो । निगमले ल्याएको पहिलो ए ३३० विमानले ‘अन्नपूर्ण’ नाम पाएको थियो । अन्नपूर्ण आएको करिब २८ दिन पछि दोस्रो विमान ‘मकालु’ काठमाडौं आईपुगेको हो ।

निगमले अमेरिकी लिजिङ कम्पनी एएआरसँग खरिद गरेका दुई वाइडबडी विमानमध्ये दुईटै विमान काठमाडौं आईसकेको छ ।

दोस्रो जहाज ए ३३०–२०० फ्रान्सको ट्युलसबाट नेपाल आर्ईपुग्न करिब साढे ८ घण्टा लागेको निगमले जानकारी दिएको छ ।
निगमले ल्याएको दोस्रो वाइडबडी विमानमा १८ विजनेस क्लास सिहित २७४ सिटको रहेको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले बताएका छन ।

निगमले पहिलो विमान जस्तै दोस्रो विमान पनि एक महिना भित्र सबै प्रकृया मिलाएर अहिलेलाई पुरानै रुटमा चलाउने भएको छ ।

निगमले २०७३ चैत २५ गतेनै अमेरिकी लिजिङ कम्पनी एएआरसँग दुई वाइडबडी ‘ए ३३०–२००’ विमान खरिद गर्ने सम्झौता गरेको थियो । सम्झौता अनुसार पहिलो विमान गत असार १४ गते आईपुगेको थियो भने दोस्रो विमान साउन १० गते काठमाडौं आईपुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL