Logo

अन्नपूर्ण होटलको व्यवस्थापन जिम्मा थाइल्याण्डको दुसित थानीले लियो, नयाँ व्यवस्थापनका लागि ५ अर्व खर्च गरिने

अन्नपूर्ण होटलको व्यवस्थापन जिम्मा थाइल्याण्डको दुसित थानीले लियो, नयाँ व्यवस्थापनका लागि ५ अर्व खर्च गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२५ पुस, काठमाडौं । होटल डेल अन्नपूर्णको व्यवस्थापनको जिम्मा थाइल्याण्डको हस्पिटालिटी कम्पनी ‘दुसित थानी पब्लिक लिमिटेड’ले लिएको छ । थाइल्याण्डको पाँचतारे होटल दुसित थानी इन्टरनेसनल र डेल अन्नपूर्णबीच बिहीबार विशेष समारोह गरी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

समझदारीसँगै होटल डेल अन्नपूर्णको नाम अब होटलको ‘दि दुसित थानी अन्नपूर्ण होटल” भएको छ । थानीले व्यवस्थापनको जिम्मा लिएपछि भौतिक पूर्वाधार र सेवा पनि थपिने जानकारी दिइएको छ ।

थाई राजदूत क्यानयोङ उनाकुलको उपस्थितिमा होटलकी कार्यकारी निर्देशक सिर्जना राणा र दुसित ग्रुपका तर्फबाट डाइरेक्टर डेभलपमेन्ट रुसतोम भिकर्सले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

थानीका डाइरेक्टर भिकर्सले हाल विश्वभर २५ होटलको व्यवस्थापन सम्हालिरहेको बताएका छन् । साथै आगामी दिनमा दुसित समूहले थप ३० नयाँ होटलको व्यवस्थापनको जिम्मा लिने क्रममा रहेको जानकारी दिए । अव उनले थाइल्याण्डमा पनि अन्नपूर्ण दुसित ब्राण्डमा सेवा सुरु गर्ने जानकारी दिए ।

हाल दुसित थानी होटल तथा रिसोर्ट समूहले थाइल्यान्ड, चीन, भारत, संयुक्त अरब इमिरेट्स लगायतका देशहरुमा करिव २५ वटा लक्जरी होटल सञ्चालन गरिरहेको छ ।

यसैगरी समारोहमा होटलका कार्यकारी निर्देशक राणाले द्वुत गतिमा होटलको भौतिक पूर्वाधार थप्ने र बनाउने काम भइरहरहेको बताइन् ।

होटलका अनुसार नयाँ व्यवस्थापनका लागि करिब ५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । होटलको भौतिक पूर्वाधार निर्माण भने दुई चरणमा गरिने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL