Logo

निगमले तिर्यो चैतसम्मको ऋण, किस्ता सहजीकरण गरिदिन ऋण दातालाई आग्रह

निगमले तिर्यो चैतसम्मको ऋण, किस्ता सहजीकरण गरिदिन ऋण दातालाई आग्रह



काठमाडौं । नेपाल वायुसेवा निगमले चैत मसान्तसम्मको ऋण भुक्तानी गरेको छ । निगमले अन्तरराष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व भुक्तानी गरेको हो ।

laxmi

त्यस्तो दायित्वमध्ये दुई न्यारोबडि जहाजको २०८० चैत्र महिनाको किस्ताबापत पुरा र दुई वाइडबडि जहाजकोे आंशिक जम्मा ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ रकम भुक्तानी गरेको छ ।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमले २०८० चैत्र सम्मको अवधिमा ५ अर्व ३६ करोड ६६ लाख ८६ हजार ९ सय ६८ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ ।

साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन निगमले ऋणदातासँग आग्रह गरेको छ ।

किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तनीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL