Logo

वलिउड अभिनेता विवेक ओवरायद्धारा अन्नपूर्ण केबुलकारको भ्रमण

वलिउड अभिनेता विवेक ओवरायद्धारा अन्नपूर्ण केबुलकारको भ्रमण



काठमाडौं । वलिउड अभिनेता विवेक ओवरायले अन्नपुर्ण केबलकारको भ्रमण गरेका छन । गत बुधबार नेपाल भ्रमणमा आएका अभिनेता ओवरायले आइतबार परिवार सहित केबलकारको भ्रमण गरेका हुन् ।

परिवारसहित पोखरामा रहेको अन्नपूर्ण केबरकारबाट सेदिदेखि साराङ्कोट सम्म यात्रा गरेका हुन् । केबुलकार यात्राको क्रममा देखिने पोखराका तालतलैया र अन्य मनोरम दूश्यहरुबाट अत्यन्त आनन्दको अनुभव भएको सुनाए ।

अभिनेता ओवरायलाई अन्नपूर्ण केबुरकारका बजार प्रबन्धक अरुण कोइरालाले केबुलकारमा स्वागत गरेका थिए । करिब एक वर्ष अधि पोखराको सेदि देखि साराङ्कोट सम्म सञ्चालनमा आएको अन्नपूर्ण केबरलकार पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि आकर्षक गन्तब्य बनेको छ । केबुलकार विहान ५ बजेदेखि साँझ साढे ५ बजेसम्म सञ्चालनमा रहने हुदाँ साराङ्कोट बाट सूर्याेदय हेर्न जाने पर्यटकहरुका लागि समेत थप सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL