Logo

४ महिनामा सेवा खाता सवा २३ अर्बले घाटामा, विदेशमा पढ्ने विद्यार्थीमार्फत बाहिरियो २२ अर्ब ६१ करोड

४ महिनामा सेवा खाता सवा २३ अर्बले घाटामा, विदेशमा पढ्ने विद्यार्थीमार्फत बाहिरियो २२ अर्ब ६१ करोड



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ४ महिनामा नेपालको सेवा खाता घाटा २३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । नेपालमा विदेशीले गर्ने खर्च र नेपालीले विदेशमा गर्ने खर्च यो खातामा गणना हुन्छ । सोही अनुसार चालु आवको ४ महिनामा विदेशीले नेपालमा गरेको खर्चभन्दा नेपालीले विदेशमा गरेको खर्च २३ अर्ब ३० करोडले बढी भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

laxmi

राष्ट्र बैंकले चालु आवको पहिलो ४ महिनाको तथ्यांक सार्वजनिक गर्दै नेपालमा सेवा खाता अन्तर्गत भ्रमण आय गत आवको सोही अवधिको तुलनामा १३७ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा नेपालले भ्रमण आयमार्फत १७ अर्ब ९६ करोड रुपैयाँ आम्दानी गरेको छ । यस्तो आम्दानी गत आवको सोही अवधिमा ७ अर्ब ५८ करोड रुपैयाँ मात्रै थियो ।

यस्तै यस अवधिमा भ्रमण व्यय भने गत आवको सोही अवधिको तुलनामा ६३.८ प्रतिशतले वृद्धि भई ३३ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । यो रकम नेपालीले विदेशमा पर्यटकको रुपमा खर्च गरेको पैसा हो । यसमध्ये शिक्षातर्फको व्यय २२ अर्ब ६१ करोड छ । गत आर्थिक बर्ष यहि अवधिमा भ्रमण व्यय २० अर्ब १९ करोड र शिक्षातर्फको व्यय १० अर्ब ७० करोड रुपैयाँ थियो

प्रतिक्रिया दिनुहोस्
MBL