Logo

अमेरिकीलाई नेपाल भ्रमण खुल्ला, पाँच महिना पुरानो चेतावनी खारेज

अमेरिकीलाई नेपाल भ्रमण खुल्ला, पाँच महिना पुरानो चेतावनी खारेज


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अमेरिकाले पाँच महिना अघि नेपाल भ्रमणमा लगाएको चेतावनी खारेज गरेको छ ।  अमेरिकाको विदेश मन्त्रालयले २०७२ फागुन १७ गतेबाट लागु हुने गरी उक्त ट्राभल एड्भाइजरी खारेज भएको प्रेस वक्तव्य जारी गरेको हो ।

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी यात्रीहरूका प्रयोजनका लागि नेपाललगायत विश्वका हरेक देशका निम्ति स्थानीय अवस्था र जोखिमहरूको वर्णनसहितका सूचना पत्रहरू प्रकाशित गर्ने गर्छ ।
अमेरिकाको विदेश मन्त्रालयबाट आफ्ना नागरिकलाई असोज २१ गते नेपाल भ्रमणबारे चेतावनी जारी गरेको थियो ।

कुनै देशमा भ्रमण गर्नका लागि उल्लेखनीय जोखिम रहको खण्डमा अमेरिकी विदेश मन्त्रालयले भ्रमण चेतावनी जारी गर्ने गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL