Logo

नाट्टामा आचार्य समुहको प्यानलै विजयी, सवै व्यवसायीलाई समेटेर अघि बढ्ने प्रतिवद्धता

नाट्टामा आचार्य समुहको प्यानलै विजयी, सवै व्यवसायीलाई समेटेर अघि बढ्ने प्रतिवद्धता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को अध्यक्षमा मधुसुदन आचार्य निर्वाचित भएका छन् । नाट्टाको आइतबार भएको निर्वाचनमा आचार्य समुहको प्यानलै निर्वाचित भएका छन् ।

आचार्यले आफ्ना निकटतम प्रतिद्वन्दी मिहिका ध्वाख्वालाई २७ मतले पछि पार्दै विजयी भएका हुन् । आयार्यले १ सय ९१ मत प्राप्त गर्दा ध्वाख्वाले १ सय ६४ मत प्राप्त गरिन् । यसैगरी अर्का प्रतिस्पर्धी शम्भुराज पाठकले भने जम्मा ६७ मतमात्र प्राप्त गरे । नाट्टामा ४ सय ५४ मतदाता रहेका थिए । जसमध्ये ४ सय ३२ मत मात्र खसेको थियो ।

विजयसँगै आगामी दिनमा सबै एकजुट भएर ट्राभल व्यवसायीको हकहीतमा लाग्ने आचार्यले बताए । ‘यो सवै नाट्टा सदस्यहरुको जीत हो,’ उनले भने, ‘व्यवसायीक हकहितका लागि सवै एक भएर अघि बढ्नु पर्छ ।’

नाट्टाको प्रथम उपाध्यक्षमा आचार्य प्यानलकै सीएन पाण्डेले १ सय ९० मत ल्याएर विजयी भएका छन् भने द्वितीय उपाध्यक्षमा डिके शर्माले २ सय १५ मत प्राप्त गरे । त्यसैगरी, महासचिवमा भीमप्रसाद पन्तले १ सय ७९ मत प्राप्त गरे भने सचिवमा सुधिर उपाध्यायले २ सय १२ र कोषाध्यक्ष चित्र गुरुङले २ सय २१ मत ल्याएर विजयी भएका छन् । सहकोषाध्यक्ष सविता केसी भट्टराई २ सय १२ मत ल्याई विजयी भएकी छिन् ।

यस्तै सदस्यहरुमा युवराज सुवेदी १ सय ९७ मत, लक्ष्मण लम्साल २ सय १४ मत, रामकुमार बाराकोटी १ सय ७८ मत, घनश्याम घिमिरे १ सय ८९ मत, विनय बस्नेत २ सय ८ मत, हरिभक्त श्रेष्ठ १ सय ८८ मत, बरुण मेहता १ सय ७९ मत र सितलकुमारी शर्मा पौडेल २ सय ३३ मतलाई विजयी भएका छन्

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL