Logo

नेपाल एयरलाईन्सका अध्यक्षको राजिनामा स्विकृत, कार्यकारी अध्यक्षको जिम्मा युवराज अधिकारीलाई

नेपाल एयरलाईन्सका अध्यक्षको राजिनामा स्विकृत, कार्यकारी अध्यक्षको जिम्मा युवराज अधिकारीलाई



काठमाडौं । नेपाल एयरलाईन्सको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल एयरलाईन्सका पूर्व कर्मचारी अधिकारीलाई एयरलाईन्सको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको सोमबारको बैठकले अध्यक्ष सुशील घिमिरेको राजिनामासमेत स्विकृत गरेको छ

। निगमका अध्यक्ष घिमिरेले यसअघि नै राजीनामा दिन खोजेपनि सरकारले रोकेको थियो । सोमबारको मन्त्रिपरिषदले उनको राजिनामा स्विकृत गरेसँगै नयाँ कार्यकारी अध्यक्षसमेत नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL