Logo

उड्डयन प्राधिकरण १८औं बर्षमा प्रवेश, गत आवको आम्दानी ६ अर्व

उड्डयन प्राधिकरण १८औं बर्षमा प्रवेश, गत आवको आम्दानी ६ अर्व


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले गत आवमा  ६ अर्व १० करोड आम्दानी गरेको छ । प्राधिकरणले ५ अर्ब ५७ करोड प्रक्षेपण गरेकोमा ५३ करोड ७८ बढी आम्दानी गरेको हो । आर्थिक बर्ष २०७१\७२ का लागि बिमानस्थल विकास शुल्क समेत गरि सो बराबरको आम्दानी गरेको प्राधिकरणका महानिर्देशक सन्जिव गौतमले बताए ।

बिहीवार प्राधिकरणको १७ औं बार्षिकोत्सव अवसरमा आयोजीत कार्यक्रमका उनले यस्तो जानकारी दिएका हुन् । आ.व. २०७१\०७२ मा प्राधिकरणको खर्च रु. ३ अर्ब ३३ करोड ८५ लाख भएको बताइएको छ ।

जसमध्ये पुँजिगत खर्च १ अर्ब ६४ करोड ७० लाख र संचालन खर्च रु.१ अर्ब ६९ करोड १५ हो । विनासकारी भूकम्प र त्यस पछि उत्पन्न असहज परिस्थितिका कारण हवाई यात्रुहरुको आगमनमा कमी हुन गएकोले यस वर्ष प्राधिकरणको आम्दानी गत बर्षको तुलनामा केही न्यून हुन जाने अनुमान गरिएको छ ।

सो अवसरमा महानिर्देशक गौतमले हवाई क्षेत्रमा यस बर्ष भएका गतिविधिका बारेमा जानकारी दिए । उनका अनुसार हाल देशभर ६ नयाँ विमानस्थल निर्माणाधिन अवस्थामा छन् । जसमध्ये इलामको फाल्गुणानन्द विमानस्थलको रनवे स्ट्रीप तयार भई ड्रेन निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ ।

त्यस्तै अर्घाखाँचीको अर्घाभगवती विमानस्थलको डीपीआरको तयारीमा रहेको उनले जानकारी दिए । हाल देशभर निर्माणाधिन सहित ५६ ओटा विमानस्थल छन् । जसमध्ये ३२ ओटामा नियमित हवाई सेवा सञ्चालन भइरहेको छ ।

कार्यक्रममा प्राधिकरणको सेवामा २५ बर्ष पुरा गरेका महनिर्देशक गौतम, उपमहानिर्देशक राजन पोखरेल, निर्देशक वीरेन्द्र श्रेष्ठलगायत २६ कर्मचारीलाई प्रमाणपत्र वितरण गरिएको थियो । साथै ५ उत्कृष्ट कर्मचारीलाई जनही २० हजार रुपैयाँ समेत प्रदान गरिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL