Logo

पर्यटन उद्योग द्वन्द्वकालको अवस्थामा, पर्यटक आगमन ८० प्रतिशतले घट्यो

पर्यटन उद्योग द्वन्द्वकालको अवस्थामा, पर्यटक आगमन ८० प्रतिशतले घट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भुकम्पले क्षतीग्रस्त बनाएको पर्यटन उद्योग नाकाबन्दीले  द्धन्द्धकालको अवस्थामा फर्किएको सम्वन्धित व्यवसायीहरु बताउँछन् ।

नाकाबन्दीले गर्दा पर्यटक नभित्रिदा पर्यटन क्षेत्र द्धन्द्धकालमा जस्तै धरासायी बनेको होटल एशोसियशन नेपालका महासचिव विनायक शाह ले बताए । नाकाबन्दीपछि   विभिन्न देशहरुले ट्राभल एडभाइजरी जारी गर्दा पर्यटक नआएको उनले जानकारी दिए ।

उनका अनुसार अहिले  पर्यटकको आगमन करिव ८० प्रतिशतले घटेको छ ।

त्यस्तै इन्धन अभावले गर्दा नेपाल आउन होटल बुकिङ गरिसकेकाले पनि क्यान्सिल गर्न थालेको टानका वरिष्ठ उपाध्यक्ष तासी सेर्पा बताउँछन् । ‘ नेपाल आउन होटल तथा टिकट बुकिङ गरेका कतिपय पर्यटकले आफ्नो नेपाल भ्रमण रद्द गरी अन्त गएका छन् ’ उनले भने ।

हानका अनुसार पर्यटकको सिजन भएपनि अहिले १० देखि १५ प्रतिशत होटल मात्र बुकिङ भएको बताइएको छ । व्यवसायीहरुका अनुसार अघिल्ला बर्षहरुमा यो सिजनमा ८० प्रतिशतसम्म बुकिङ हुन्थ्यो ।

महंगी बढेपनि बुकिङ रद्द गर्दा नेपालबारे नकारात्मक समाचार जानेहुँदा व्यवसाय जसोतसो चलाउन परेको गुनासो हानका महासचिव शाहको गुनासो छ । ‘त्यस्तै पहिलै विभिन्न सेवा सुविधा सम्वन्धि कन्ट्रयाक गरेको हुँदा  सोहि अनुसारको सेवा दिनुपर्ने हुन्छ’ उनले भने ।  पर्यटकसँग सेवा सम्वन्धि कन्ट्रयाक गरिसकेकोले सो दिन नसकेको अवस्थामा क्षतीपूर्ती समेत दिनु पर्ने हुनाले आम्दानी भन्दा खर्च बढेको छ ।
ग्यास तथा पेट्रोलको अभावले आएका पर्यटकलाई पनि सुविधा दिन धौधौ परेको छ शाहको गुनासो छ । उनका अनुसार लोडसेडिङ,महंगी तथा इन्धन अभावले ४० प्रतिशत खर्च बढेको ।

नाकाबन्दीले पर्यटन उद्योगमा ५ अर्व भन्दा बढीको क्षती भएको बताइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL