Logo

पर्यटनबोर्डका नयाँ सिइयोले गरे पदभारग्रहण, उनी भन्छन् ‘कम बोल्छु, बढी काम गर्छु’

पर्यटनबोर्डका नयाँ सिइयोले गरे पदभारग्रहण, उनी भन्छन् ‘कम बोल्छु, बढी काम गर्छु’


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी अधिकृत दिपकराज जोशीले बुधवार पदभार ग्रहण गरेका छन् । पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमवीच पदभार ग्रहण गरेका हुन् । सो अवसरमा उनले पदसँगै आफ्नो उत्तरदायित्व थप भएको बताए ।

साथै सो उत्तरदायित्व आफु एक्लैले गर्न असम्भव भएकोले सवैलाई साथ दिन आग्रह गरे । ‘ पर्यटन क्षेत्र जटिल अवस्थामा पुगेकोले गर्नुपर्ने धेरै छ’ उनले भने ‘सवैको साथ पाए असम्भव केही छैन ।’

भुकम्प तथा नाकाबन्दीले धरासयी बनेको पर्यटन क्षेत्रलाई उकास्नु आफ्नो पहिलो चुनौती रहेको उनले जानकारी दिए । त्यस्तै ‘एग्रेसिभ मार्केटिङ प्रमोसन’ नगरि धरासयी बनेको पर्यटनलाई उकास्न नसकिने दावी गरे ।

 

जोशीका अनुसार बार्षिक ८ लाख पर्यटक आउने गरेकोमा यस बर्ष २ लाख मात्र पुग्ने बताए । साथै पहिलो बर्षलाई सर्भाइभल इयरका रुपमा लिएकोले त्यस अनुसार योजना बनाउने जानकारी दिए । कार्यक्रममा उनले उनले नीजि क्षेत्र विना पर्यटन बोर्डको प्रगती सम्भव नभएको बताए । त्यस्तै कहिलेकाँही काम गर्न नदिने पक्ष हावी हुने हुँदा त्यस्ते अवस्थामा सवैको साथ चाहिने बताए ।

जोशीले पर्यटनलाई गाउँ गाउँ पुर्याउन माग आइरहेपनि त्यो सम्भव नभएको स्पष्ट पारे । ‘पर्यटन एउटा व्यवसाय भएकोले यसलाई गाउँगाँउ पुर्याउन सकिदैन’ उनले भने ‘पर्यटनको आम्दानीलाई गाउँगाउा पुर्याउन चै सकिन्छ ।’ आफ्नो सिदान्त कम बोल्ने र धेरै गर्ने भएको बताए ।

सो अवसरमा अध्यागमन विभागका प्रमुख केदार न्यौपानेले सिइयो ४ बर्ष नहुँदा रोकिएका कामलाई नयाँ कार्यकारी अधिकृत पुरा गर्नुपर्ने बताए । त्यस्तै बोर्डको बैठक बोलाएर भोलि देखिनै क्षेत्रगत योजना बनाएर अगाडी बढ्न सुझाव दिए । सो अवसरमा उनले नयाँ कार्यकारी निर्देशकलाई सरकारको पुरा समर्थ रहेको बताए । ‘योजना लिएर लयाउनुस हामी आखाँँ चिम्लेर पास गर्छौ’ उनले भने ।

कार्यक्रममा पाटाका महासचिव बसन्त मिश्र, टानका अध्यक्ष चन्द्रप्रसाद रिजाललगायतले नवनियुक्त कार्यकारी अधिकृतलाई बधाई दिएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL