Logo

१२औं हात्ति महोत्सव पुस ११ देखि, १ दर्जन भन्दा बढी कार्यक्रम आयोजना गरिने

१२औं हात्ति महोत्सव पुस ११ देखि, १ दर्जन भन्दा बढी कार्यक्रम आयोजना गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चितवन हात्ती महोत्सवको १२ औं संस्करण आगामी पुस ११ देखि आयोजना हुने भएको छ । ‘समाज संरक्षण र सम्वृद्धि’ नाराका साथ आयोजना हुन लागेको महोत्सव १५ गते सम्म चल्ने आयोजक क्षेत्रिय होटल संघ नेपाल चितवनले जानकारी दिएको छ ।

हात्तिहरुको संरक्षण तथा संरक्षणका साथै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सुमन घिमिरेले जानकारी दिए ।
आयोजकले यस बर्षदेखि ‘ईलाफेन्ट फाष्ट वाक’को आयोजना गर्न लागेको छ ।

त्यस्तै डुंगा,गाडा तथा टाँगाका विभिन्न गतिविध आयोजना गर्न लागिएको बताइएको छ ।

महोत्सवमा हात्तिका छावाबीच रोमाञ्चकारी फुटवल समेत आयोजना गर्न लागिएको छ । महोत्सव सौराहाका बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा आयोजना हुने बताइएको छ । महोत्सवमा हात्तीको श्रृंगार प्रतियोगिता तथा हात्तीको दिनचर्याबारे जानकारी समेत दिइने बताइएको छ ।

त्यस्तै आयोजकले वन तथा वन्यजन्तु संरक्षणका उत्कृष्ट कार्य गर्ने १ लाई पुरस्कार दिने बताएको छ । त्यस्तै पर्यटन प्रवर्दनमा योगदान पुर्याउनेलाई कदर पत्र प्रदान गर्ने बताएको छ ।
त्यसैगरी सौराहाको पर्यटन विकासमा कलम चलाउने पत्रकारलाई १० हजार नदग प्रदान गरिने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL