Logo

पुस १ गतेदेखि अख्तियारको निगरानीमा टीआईए, सुधार नगरे कारवाही गरिने

पुस १ गतेदेखि अख्तियारको निगरानीमा टीआईए, सुधार नगरे कारवाही गरिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । देशको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलमा लापरवाही बढ्दै गएपछि अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले त्यसको अनुगमन तथा छानविन गर्ने भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विभानस्थलमा ग्राउण्ड ह्याण्डलिङ, विशिष्ट कक्षको दुरुपयोग तथा क्वारेन्टाइन सम्बन्धी समस्या देखिएपछि छानविन गर्न शुरु गरेको अख्तियारका प्रवक्ता कष्णहरि पुष्करले बताए । साथै, टीआइएका कर्मचारीको लापरवाही तथा बदमासी समेत बढेको अख्तियारले जानकारी दिएको छ ।

पुष्करका अनुसार विमानस्थलमा भन्सार तथा अध्यागनममा ठूलो मात्रामा लापरवाही बढेको गुनसो आएपछि अख्तियारले सोझै निगरानी राखेको हो । ‘देशकै एकमात्र अन्तरािष्ट्रय विमानस्थलको व्यवस्थापन लथालिङ्ग हुनुका साथै नेपाल भित्रने पर्यटकलाई समेत दुख दिएको गुनासो आएको छ,’ उनले भने, ‘त्यसलाई सुधार गर्नका लागि अख्तियारले निगरानी बढाएको हो ।’ टीआइएका कर्मचारीको व्यवहार तथा आचरण समेत खराव देखिएको अख्तियारको ठहर छ ।

टीआइएमा लापरवाही बढेको गुनासो आएपछि अख्तियाले पटक–पटक सुधार गर्न निर्देशन दिएको थियो । तर, हालसम्म पनि कुनै पनि किसिमको सुधान नआएको अख्तियारले जानकारी दिएको छ । तसर्थ यही पुस १ गतेदेखि निरन्तर १ महिनासम्म अख्तियारले विमानस्थल सुधारको लागि टोली खटाएको हो ।
अख्तियारले दिनमा २ सिफ्टमा कर्मचारी खटाएर अनुगमन तथा छानविन गर्ने भएको छ । सो अवधिमा टीआइएको परेको समस्याका वारेमा सुचना दिएमा सम्बन्धित कर्मचारीलाई तत्काल कारवाही गरिने पुष्करले जानकारी दिए ।

अख्तियारले गुनासो सुन्नका लागि प्रवक्त पुष्कर र प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानविक्रम शाहलाई खटाएको छ ।

akthiyar

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL