Global_Ime

कोभिड प्रभावित पर्यटन कर्मचारीलाई नागरिक लगानी कोषको साथ, ल्यायो बिशेष सापटी सेवा


बिजखबर संवाददाता
20 June, 2021 6:58 pm

काठमाडौं । नागरिक लगानी कोषले पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीका लागि विशेष सापटी सेवा ल्याएको छ । पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीहरुले नागरिक लगानी कोषबाट संचालित कर्मचारी वचत बृद्धि स्वीकृत अबकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रुपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी प्रदान गर्ने व्यवस्था मिलाइएको हो ।

Yamaha

हालको असमान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भएपनि राहत र सहयोग पुर्याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको कोषले जानकारी दिएको छ । कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधा अन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने छ ।

यस सापटीमा कर्मचारी वचत बृद्धि अबकाश कोषले दिने व्याजदर सरह नै लिने व्याजदर निर्धारण गरिएको छ । यसको मतलव लिने र दिने ब्याजदरको अन्तर शुन्य रहेको छ । यस्तो सुबिधा अति प्रभावित पर्यटन क्षेत्रसंग सम्वद्ध सहभागीहरुलाई २०७८ पौष मसान्त सम्म उपलब्ध गराइने छ भने उक्त सापटी रकम सापटी लिएको २ बर्ष भित्र फिर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

पर्यटन उद्योगसंग सम्बद्ध–होटल, ट्राभल, टे«किङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीहरुले उक्त सेवा पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom