Logo

टीआईएमा क्षमता भन्दा दोब्बर यात्रुको भार, व्यवस्थापनमा समस्या

टीआईएमा क्षमता भन्दा दोब्बर यात्रुको भार, व्यवस्थापनमा समस्या


रक्षा रेग्मी
0
Shares

काठमाडौं । देशकै एकमात्र अन्तरराष्ट्रिय विमानस्थलमा क्षमताभन्दा बढी यात्रुको भीड भएपछि व्यवस्थापनमा समस्या देखिएको छ ।

laxmi

हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले आफ्नो क्षमता भन्दा दोब्बर यात्रुको भार उठाउनु परेको टीआइएका महानिर्देशक देवानन्द उपाध्यायले बताए । ‘यात्रुको भार बढी हुदा विमानस्थल साँघुरो तथा अव्यवस्थित भएकोे छ’ उनले भने, ‘जसले गर्दा जोखिम बढ्नुका साथै व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको छ ।’ विमानस्थलको प्रति पिकआवर १ हजार ३ सय ४० यात्रु हेन्डल गर्ने क्षमता रहेको छ ।

तर, अहिले दैनिकजसो प्रति पिकआवर २ हजार २ सय यात्रु हेन्डल गर्नुपर्ने वाध्यता छ । टर्किस एयरबस दुर्घटना तथा भुकम्पमको समयमा यात्रुको चाप त्यसभन्दा पनि बढी रहेको उनले जानकारी दिए । टीआइएलाई सन् २००२ मा प्रति पिकआवर १ हजार ३ सय ४० यात्रु हेन्डल गर्न सक्नेगरी निर्माण गरिएको थियो ।

पछिल्लो समय यात्रुको भार बढी भएको भन्दै सन् २०१० मा विमानस्थलको क्षमता विस्तार गरिने बताइएको थियो । हालसम्म पनि विस्तार नहुँदा समस्या उत्पन्न भएको उनले जानकारी दिए ।

सन् २००९ मा एडिबीले क्षमता विस्ताको अध्ययन गरेको थियो । सो अध्ययन अनुसार २०१२ मा निमार्ण सम्पन्न हुने गरी २ हजार ४६ यात्रु प्रति पिकआवर हेन्डल गर्ने क्षमताको बनाउने भनिएको थियो । तर, हालसम्म पनि निर्माण हुन सकेको छैन । हाल टीआइएले ३ हजार ६ सय यात्रु प्रति पिकआवर भार धान्ने गरी नयाँ भवनको डिजाइनको कार्य शुरु गर्न लागेको उनले जानकारी दिए । जुन २०२८ सम्ममा सम्पन्न गर्ने योजना छ ।

यसका लागि करीव ६ सय मिलियन डलर लाग्ने अनुमान गरिएको छ । त्यस्तै, आगामी २०२८ सम्म इन्टरनेशनल टर्मिनललाई ९० हजार स्क्वायर मिटरको बनाइने योजना रहेको बताइएको छ । विमानस्थलको पार्किङ पनि एक्सपान्सनको तयारी शुरु गरिएको छ ।

हाल ९ ओटा अन्तरराष्ट्रिय पार्किङ रहेकोमा यसलाई विस्तार गरी २० ओटा पुर्याइने भएको छ । आन्तरिकमा भने ४२ ओटा पार्किङ निर्माण गरिने छ

प्रतिक्रिया दिनुहोस्
MBL