Logo

नेवानीले ताप्लेजुङ र सिमरामा उडान शुरु गर्दै, ताप्लेजुङको एकतर्फी भाडा ५ हजार ८ सय

नेवानीले ताप्लेजुङ र सिमरामा उडान शुरु गर्दै, ताप्लेजुङको एकतर्फी भाडा ५ हजार ८ सय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं –ताप्लेजुङ्ग र काठमाडौं –सिमराबीच नियमित उडान सञ्चालन गर्ने भएको छ । निगमले आगामी पौष १ गते देखि संचालन गर्ने भएको हो ।

काठमाडौं–ताप्लेजुङ्ग बीच हप्ताको ३ दिन आइतबार, बुधवार र बिहीबार उडान गरिने छ भने सिमरामा दैनिक उडान गरिनेछ ।

काठमाडौंबाट ताप्लेजुङ्ग लागि बिहान ७ बजे गई ताप्लेजुङ्गबाट ८ः१५ बजे फर्कने छ । सो को एकतर्फी भाडा रु. ५ हजार ८ सय ६५ निर्धारण गरिएको छ । यसैगरी काठमाडौंबाट सिमराका लािग उडान समय दिनदिनै फरक राखिएको छ ।

सिमराको लागि एकतर्फी भाडा रु.२ हजार ६ सय ६५ निधार्रण गरिएको बताइएको छ । उक्त भाडा कर बाहेक निर्धारण गरिएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL