Logo

नेपाल वायुसेवा निगमका अध्यक्ष शुसिल घिमिरेले दिए पदबाट राजिनामा

नेपाल वायुसेवा निगमका अध्यक्ष शुसिल घिमिरेले दिए पदबाट राजिनामा



काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष सुशिल घिमिरेले पदबाट राजिनामा दिएका छन् । उनले शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत लामो समय एनएसीको अध्यक्ष पदमा रहन मन नभएपछि पद त्याग गरेको जानकारी दिएका हुन् ।

यस्तै उनले पछिल्लो समय विभिन्न संचारमाध्यममा पूर्व पर्यटन मन्त्रीसँग नाम जोडेर विभिन्न झुठा खबरहरु आएको समेत खण्डन गरेका छन । ‘केही सन्चारमाध्यमा मा.मन्त्री संग जोडेर आएका खवर बिल्कुल असत्य हुन,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘मेरो उहाँ संग अहिले सम्म भेट भएको छैन र पूर्व चिनाजानि पनि छैन।’

यस्तै उनले आगामी दिनमा एउटा अनुभवि कर्मचारिको नाताले सरकारका पदाधिकारिलाई सहयोग गर्ने समेत बताएका छन् । पूर्व पर्यटन सचिव समेत रहेका उनलाई गत बर्षको बैशाख ३ गते मन्त्रिपरिषदले एनएसीको अध्यक्षमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL