Logo

१ हप्ता पछि पर्यटनमन्त्री फेरी विमानस्थलमा , भन्छन् ‘यात्रुसँग बढी फाइदा लिने मेरो निसानामा ’

१ हप्ता पछि पर्यटनमन्त्री फेरी विमानस्थलमा , भन्छन् ‘यात्रुसँग बढी फाइदा लिने मेरो निसानामा ’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि आनन्द पोखरेलले  मंगलवार पून विमानस्थलको अनुगमन गरेका छन् ।  सो अवसरमा  उनले पहिलाको तुलनामा विमानस्थलमा सुधार आएको बताए ।  साथै  विमानस्थलको सरसफाइ तथा व्यवस्थापन कार्यलाई अझै चुस्त बनाउन निर्देशन दिए । ‘विमानस्थल राष्ट्रको प्रतिष्ठाको विषय भएकोले यसको उचित व्यवस्थापन आवश्यक छ’ उनले भने ।

मन्त्री पोखरेलले पहिला अनुगमन गरेको भन्दा विमानस्थलमा केही सुधार आएको समेत जानकारी दिए । व्यवस्थापनमा सुधार जरुरी छ भएको उनले बताए ।
सो अवसरमा उनले विमानस्थलभित्र रहेका सेवा प्रदायकहरुलाई विधिका बारेमा जानकारी दिएर सहकार्य गरी अघि बढ्न निर्देशन दिए । विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्यायले ग्लोवल टेन्डर गर्न प्रस्ताव राखेका थिए ।

सो प्रस्तावको खण्डन गर्दै मन्त्रीले यसो गरेमा हाल सेवा दिइरहेका प्रदायकहरुले आफुहरुलाई अविश्वास गरेको सोच्ने बताए । ‘उनीहरुले दिने सेवाले विमानस्थलमा विशेष अर्थ राख्छ,’ उनले भने ‘ ती सेवा प्रदायकका समस्या बारे जानकारी लिएर अघि बढ्नु उचित हुन्छ ।’ साथै उनले टिआइएलाई नाफा कमाउने थलोको रुपमा मात्र नलिन आग्रह । सो अवसरमा उनले यात्रुसँग बढी पैसा लिने सेवा प्रदायक आफ्नो निसानामा रहेको समेत बताए ।  विमानस्थलका अध्यागमन प्रमुख विष्णुबहादुर थापाले मन्त्री समक्ष पूर्वाधार तथा सुविधा कमी हुँदा कर्मचारी लामो समयसम्म नटिक्ने गुनासो गरेका थिए । उनका अनुसार १ सय ३० भन्दा बढीको दरबन्दी भएकोमा हाल ८० जना मात्र कर्मचारी छन् ।

साथै कर्मचारीहरुलाई दक्ष बनाउन तालिमको व्यवस्था गर्न पनि अनुरोध गरे । सो अवसरमा थापाले अध्यागमनको सेवा अन्य देशको भन्दा चुस्त भएको जानकारी दिए । ‘काउन्टर तथा अन्य भौतिक सुविधा उपलब्ध भए अध्यामगमनलाई अन्तराष्ट्रिय स्तरको बनाउन सकिन्छ’ उनले भने । मन्त्री पोखरेलले अध्यागमन विभागको पूर्ण विवरण मन्त्रालयमा पेस गर्न निर्देशन समेत दिए ।

मन्त्री पोखरेलले विमानस्थल भित्र रहेका कफी सप, कपडा पसल, एयरलाइन्स कम्पनीलगायतका कर्मचारीसँग सेवा सुविधा तथा समस्याका बारेमा प्रश्न गरेका थिए । त्यस्तै व्याग हराउने समस्या कम गर्न सुझाव दिए । मन्त्री पोखरेलले यो दोश्रो चरणको अनुगमन भएको र अर्को पटक यात्रुसँग प्रत्यक्ष सोधपुछ गरिने जानकारी समेत दिए ।
सो अवसरमा मन्त्री पोखरेलले यात्रुसँग विमानस्थलको सेवा तथा सुविधाका बारेमा प्रश्न गरेका थिए ।

मन्त्रीसहितको टोलि टर्मिनलको डिपार्चरबाट छिरेर अराइभलबाट निस्केका थिए ।अनुगमनका क्रममा मन्त्रालयका सचिव, सह सचिव, प्रहरी नायव महानिरिक्षक,टिआइएका महाप्रवन्धकलगायतको उपस्थिती थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL