Logo

विद्यालयका कर्मचारी, अभिभावक र सञ्चालकलाई टेलिकमको सीयूजी सेवा, यसरी हुनुस सहभागी

विद्यालयका कर्मचारी, अभिभावक र सञ्चालकलाई टेलिकमको सीयूजी सेवा, यसरी हुनुस सहभागी



काठमाडौं । नेपाल टेलिकमले सीयूजी सेवा विद्यालयका कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुलाई पनि उपलब्ध गराउने भएको छ । टेलिकमले देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ कक्षासम्मका विद्यार्थीका लागि ‘पाठशाला सीयूजी सेवा’ वितरण गरिरहेको छ ।  

laxmi

महामारीको अवस्थामा मुलुकभरका विद्यार्थी शिक्षाबाट वञ्चित हुनु नपरोस् भनी सरकारले लागु गरेको आकस्मिक शैक्षिक योजना,२०७७ अन्तर्गत कम्पनीले पठनपाठनका लागि सहुलियत दरमा ‘पाठशाला सीयूजी सेवा’ वितरण गरिरहेको जनाएको छ ।

यो अफरमा आबद्ध हुन टेलिकमको जीएसएम वा सीडीएमए प्रिपेड मोबाइल नम्बर आवश्यक हुन्छ । पहिलेदेखि प्रयोगमा रहेका प्रिपेड सिमकार्डलाई पाठशाला सीयूजी सेवामा आबद्ध गर्न सकिन्छ । नेपाल टेलिकमको प्रिपेड सिमकार्ड नहुने प्रयोगकर्ताहरुले निःशुल्क रुपमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड लिई सीयूजी सेवा उपयोग गर्न सक्ने जनाइएको छ ।

यस अन्तर्गत कुनै एक सार्वजनिक विद्यालयसँग सम्बद्ध भई कम्पनीको संस्थागत प्रयोगकर्ता समूह (सीयूजी) मा आबद्ध हुन सेवाग्राहीलाई मासिक ९९ रुपैयाँ लाग्ने जनाइएको छ । यो सरकारी कर र स्वामित्व करबाहेक हो । यसमा आबद्ध सेवाग्राहीले क्लोज्ड ग्रुपभित्र असीमित कुराकानी गर्न सकिने भ्वाइस सेवा उपलब्ध हुनेछ । यसअघि शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइटमा रहेका शैक्षिक सामग्री प्रयोग गर्न ५ जिबी डाटा उपलब्ध भएकोमा यसलाई बढाएर ८ जिबी डाटा उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

त्यसैगरी समूहभित्र थप शुल्क बिना बल्क एसएमएस पठाउन सकिने सुविधा यथावत् रहेको जनाइएको छ । साथै, कुनैपनि समयमा जुनसुकै प्रयोजनका लागि १ जिबी डाटा र  समूहभित्र १ सयवटा एसएमएस पठाउन सकिने सुविधा थप गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL