Logo

टेलिकमले ६ महिनामा झन्डै २० अर्ब आम्दानी ग¥यो, नाफा साढे ७ अर्ब

टेलिकमले ६ महिनामा झन्डै २० अर्ब आम्दानी ग¥यो, नाफा साढे ७ अर्ब


बिजखबर संवाददाता
0
Shares

बिजखबर संवाददाता
२९ माघ, काठमाडौं ।
चालु आर्थिक वर्ष २०७१÷७२को दोस्रो त्रैमासमा नेपाल टेलिकमको आम्दानी झण्डै २१ करोड रुपैयाँँँँ बढेको छ । टेलिकमले चालु आवको पहिलो ६ महिनामा १९ अर्ब ९० करोड ८६ लाख रुपैयाँँँँ आम्दानी गरेको छ । यो अघिल्लो आवको सोही अवधिको भन्दा २० करोड ९२ लाख रुपैयाँँँँले बढी हो । यस अवधिमा कम्पनीले सेवा विक्रीबाट १८ अर्ब ६ करोड ४२ लाख र ब्याजलगायत अन्य स्रोतबाट १ अर्ब ८३ करोड ८७ लाख रुपैया आम्दानी गरेको हो ।

टेलिकमको आम्दानीसँगै नाफा समेत बढेको छ । समिक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा पौने २ अर्ब रुपैयाले वृद्धि भएको छ । गत साउनदेखि पुससम्ममा टेलिकमले ९ अर्ब ३५ करोड ८७ लाख रुपैया सञ्चालन मुनाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको भन्दा १ अर्ब ८६ करोड १८ लाख रुपैयाले बढी भएको कम्पनीले जनाएको छ ।

उक्त अवधिमा कम्पनीले ६ अर्ब ६४ करोड ८३ लाख रुपैया खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १ अर्ब ५ करोड ५७ लाख रुपैयाले बढी हो ।
समिक्षा अवधिमा  कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैया ०७ पैसाले बढेर  ८८ दशमलव ६४ रुपैया पुगेको छ । त्यस्तै, पीई रेसियो भने २ आधारल विन्दुले घटेर ७ दशमलव ०५ मा ओर्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL