Logo

एनसेलले ल्यायो भ्यालेनटाइन अफर, एसएमएस र प्रेममय उद्धरण वोनस

एनसेलले ल्यायो भ्यालेनटाइन अफर, एसएमएस र प्रेममय उद्धरण वोनस


बिजखबर संवाददाता
27
Shares

बिजखबर संवाददाता
१७ माघ, काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले प्रेम दिवस (भ्यालेनटाइन डे)को अवसरमा पारेर नयाँ ग्राहक योजना ल्याएको छ । प्रेम गर्नेहरुलाई एसएमएस तथा प्रेममय उद्धरण बोनस दिने गरी एनसेलले भ्यालेन्टाईन अफर ल्याएको हो ।

उक्त योजनाअनुसार एनसेलका प्रि–पेड सिम प्रयोगकर्ताले हरेक दिन प्रेम सम्बन्धित उद्धरण तथा एसएमएस बोनस पाउने कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार एनसेलका सम्पूर्ण प्रि–पेड ग्राहकले १७११४ डायल गरी निःशुल्क सहभागी भई कुनै एक एनसेल नम्बरलाई आफ्नो नम्बरस“ग पेयर गर्न सक्ने छन् । पेयर गरे पश्चात उक्त नम्बरमा प्रत्येक पटक कल गर्दा ग्राहकले २ वटा एसएमएस बोनस स्वरूप पाउने छन् । उक्त बोनस एसएमएस भने ग्राहकले सोहि नम्बरमा त्यसै दिनको मध्यरात (रातको १२ बजे) सम्म पठाउनुपर्ने हुन्छ ।

योजनामा सहभागी ग्राहकले योजना अवधिभर हरेक दिन प्रेम सम्बन्धित उद्धरण पनि निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ । ग्राहकलाई आफ्नो भ्यालेन्टाइनस“ग धेरै प्रेम अभिव्यक्त गर्ने अवसर दिलाउन यस्तो योजना ल्याएको कम्पनीले जानकारी दिएको छ ।
यही माघ १८ बाट शुरु भई फागुन १६ गतेसम्म लागु हुने यस योजनामा एनसेलका सम्पूर्ण प्रि–पेड ग्राहकले १७११४ डायल गरी निःशुल्क सहभागी हुन सक्ने छन् । प्रेम र मित्रता दिवसको रुपमा मनाइने भ्यालेन्टाइन दिवस (फेब्रुवरी १४) लाई मध्यनजर गरी ल्याएको यस योजनाले ग्राहकलाई भ्यालेनटाइन महिना अझै रोचक बनाउन मद्दत गर्ने विश्वास एनसेलका कर्पोरेट संवाद् विज्ञ मिलन शर्माले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL