Logo

टेलिकमले बुझायो फोरजीको व्यवसायीक योजना, दुई महिनाभित्र आउला सञ्चालनमा ?

टेलिकमले बुझायो फोरजीको व्यवसायीक योजना, दुई महिनाभित्र आउला सञ्चालनमा ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल टेलिकमले फोरजी सञ्चालनका लागि व्यवसायीक कार्ययोजना पेस गरेको छ । टेलिकमले शुक्रवार नेपाल दूरसञ्चार प्राधिकरणमा सो कार्य योजना पेस गरेको प्रवक्ता प्रतिभा वैद्यले बताइन् ।

आगामी दुई महिनाभित्र फोरजी सञ्चालन गर्ने उद्देश्यका साथ योजना बुझाएको हो । प्राधिकरणले टेलिकमलाई फोरजी सञ्चालनको अनुमती दिएसँगै व्यवसायीक कार्ययोजना पेस गर्न निर्देशन दिएको थियो । कार्यायोजना पेस भए पश्चात प्राधिकरणले निश्चित अवधि र सर्त तोकी समय प्रदान गर्ने बताइएको छ ।

दुई महिनाभित्र सञ्चालनमा गर्ने भनिएपनि उपकरण खरिदमा समय लाग्ने हुँदा सो अवधिभित्र सञ्चालन गर्न कठिन हुने टेलिकम स्रोतले बताएको छ । ‘उपकरण खरिदमा सार्वजनिक ऐन लाग्ने हुँदा दुई महिना भित्र फोरजी सञ्चालन गर्न कठिन छ’ स्रोतले भन्यो । टेलिकमले नेपालमा पहिलो पटक फोरजी सञ्चालनको अनुमती पाएको हो । प्राधिकरणले फ्रिक्वेन्सी बाँडफाड सम्बन्धी संसोधन नीति अनुसार टेलिकमलाई १८ सय व्याण्डमा प्रविधि तटस्थ अनुसार फोरजी संचालन अनुमति दिइएको हो ।

फोरजी प्रविधिमा उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन सक्नेछन् । त्यस्तै इन्टरनेटमा आधारित टेलिफोन (आईपी टेलिफोन ) सेवा चलाउन सकिन्छ । यसमा गेमिङ उच्च डेफिनेसनको भिडियो सेवा, भिडियो कन्फ्रेरेन्सिङ लगायतका सेवा समेत चलाउन सकिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL