Logo

एनसेलले ल्यायो रिचार्जमा बोनस अफर, ८००० एमबीसम्म डेटा पाइने

एनसेलले ल्यायो रिचार्जमा बोनस अफर, ८००० एमबीसम्म डेटा पाइने



काठमाडौं । एनसेल आजियाटाले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहककालागी आकर्षक रिचार्जमा बोनस अफर ल्याएको छ । अब ब्यालेन्स रिचार्जमा डेटा बोनस स्वरुप पाइने भएकाले ग्राहकले आफ्ना साथीभाई तथा परिवारजनसँग सम्पर्कमा रहिरहेर निर्धक्क कुराकानी गर्न सक्नेछन् ।

laxmi

बडादशैं २०८० को उपलक्ष्यमा ल्याइएको यो योजना अन्तर्गत एनसेलले आफ्ना सबै ग्राहकका लागी यो आकर्षक अफर सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले २०० रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा डेटा बोनस प्राप्त गर्नेछन् । यो योजना आज (कार्तिक १ गते) देखि लागु भई कार्तिक १५ गतेसम्म सञ्चालनमा रहने छ ।

रिचार्जमा बोनस योजना अन्तर्गत, ग्राहकले रिचार्ज गरेको रकमको आधारमा २००० एमबीदेखि ८००० एमबी बोनस डेटा प्राप्त गर्नेछन् । २०० देखि ४९९ रुपैयाँसम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ४०० एमबी अल टाइम डेटा र बेलुका ११ बजे देखि बेलुका ६ बजे सम्म (१९ घण्टा) प्रयोग गर्न सकिने १६०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।

त्यस्तै, ५०० रुपैयाँभन्दा बढी ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले २४०० अल टाइम डेटा र बेलुका ११ बजे देखि बेलुका ६ बजेसम्म (१९ घण्टा) प्रयोग गर्न सकिने ५६०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनस स्वरुप प्राप्त डेटा भोलुम २ दिनको दिनको लागि मान्य रहने छ ।

यो योजना अन्तर्गत एनसेल सापटी र ब्यालेन्स ट्रान्सफर मार्फत भएको ब्यालेन्स टप अप बोनसको लागि मान्य हुनेछैन । अन्य कुनै पनि फिजिकल वा डिजिटल माध्यमबाट रिचार्ज गर्ने बित्तिकै बोनस डेटा प्राप्त हुनेछ ।

यस रिचार्जमा बोनस अफरले ग्राहकलाई भ्यालु एड गर्दै सुलभ दरमा आफ्ना परिवार र साथीभाईसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL