Logo

३ अर्ब लगानीमा १४ डाटा सेन्टर बनाउँदै वर्ल्डलिंक, ३ बर्षमा बनाईसक्ने

३ अर्ब लगानीमा १४ डाटा सेन्टर बनाउँदै वर्ल्डलिंक, ३ बर्षमा बनाईसक्ने



काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले देशभर १४ वटा डेटा सेन्टर बनाउने घोषणा गरेको छ । कम्पनीले बिहीबार भर्चुअल पत्रकार सम्मेलनको आयोजना गर्दै ३ अर्ब रुपैयाँ लगानीमा ३ वर्षभित्र १४ डेटा सेन्टर बनाउने घोषणा गरेको हो। कम्पनीका चिफ टेक्निकल अफिसर समिर जानाले प्रत्येक प्रदेशमा हुने गरी १४ वटा डेटा सेन्टर बनाउन लागेको बताए।

laxmi

कम्पनीले जानकारी दिए अनुसार उक्त १४ ओटा डेटा सेन्टरमा ५ सय र्याक हुनेछन् भने ६ मेगावाट विद्युत् खपत हुनेछ । एउटा टियर ३ सर्टिफाइ र अरु टियर २ का हुने चिफ टेक्निकल अफिसर जानाले जानकारी दिए । यो डाटा सेन्टर वर्ल्डलिंकको मात्र नभएर सबैले प्रयोग गर्नसक्ने वर्ल्डलिंकले जनाएको छ। नेपालमै कन्टेन्ट डेभलप गर्ने र नेपालमै होष्ट गर्नसक्ने हिसाबले नेपालमै बनाउने प्रयास भइरहेको कम्पनीले जनाएको छ ।

डिजिटल नेपाल योजनाअन्तर्गत नै यो डेटा सेन्टर बनाउन लागेको वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवालले बताए। प्रत्येक प्रदेशको डाटा प्रत्येक प्रदेशमा हुने भएकाले यस्ता डाटा सेन्टर बनाउन आवश्यक भएको बताए। उनले एक्लैमात्रै यति ठुलो परियोजना निर्माण गर्न नसक्ने भएकाले प्राविधिक पार्टनर खोजिरहेको समेत जानकारी दिएका छन् । डेटा सेन्टर बनेमा सजिलै ग्राहकसमक्ष तीव्रगतिको इन्टरनेट प्रदान गर्न सकिने वर्ल्डलिंकका सीइओ केशव नेपालले बताए। अहिले भइरहेको डेटा सेन्टरको क्षमताले आगामी दिनमा क्षमता नभएका अब यी डेटा सेनटर बनाउन अवश्यक रहेको जानाले बताए। वर्ल्डलिंकले प्रत्येक प्रदेशमा हुने गरी डेटा सेन्टर बनाउँदै छ। यसको सुरुवात काठमाडौंबाट गर्दै छ।

कम्पनीले काठमाडौंमा बन्ने डाटा सेन्टरमा ३ सय ५० र्याक हुने बताएको छ । जसमा ३ मेगावाट पावर प्रयोग हुनेछ। काठमाडौंमा जग्गा किनेर बनाउने काम सुरु भइसकेको छ। त्यसपछि भरतपुरमा काठमाडौंको विकल्पको रुपमा अर्को डेटा सेन्टर बनाउँदै छ। भरतपुरमा ५ सय किलोवाट क्षमताको १ सय र्याक हुनेछन्। त्यस बाहेक पोखरा, बुटबल, हेटौंडा, भक्तपुर, दुहवी, वीरगन्जमा २५० देखि ३५० र्‍याकका डेटा सेन्टर बन्नेछन्। त्यस्तै, ढल्केबार, अत्तेरिया, भैरहवा, कोलहपुर सुर्खेत र काठमाडैंमा पनि बन्दैछन्।

अहिले स्थानीय कन्टेन्ट बढिरहेको र इन्टरनेट प्रयोग पनि तीव्ररुपमा बढिरहेको अवस्थमा यि डाटा सेन्टर आवश्यक रहेको वर्ल्डलिंकले जनाएको छ। काठमाडौंभन्दा बाहिर सानो सानो सहरमा डिटिल कन्टेन बढिहरेको अवस्थामा नेपालमा विश्वसनीय डेटा सेन्टर छैन। यी डाटा सेन्टरमा सबैे संस्थाहरुले आफ्ना डेटा राख्न सक्नेछन्। क्लाउड डाटाको लागि पनि यो प्रयोग गर्न सकिनेछ। सबै तरिकाले सुरक्षित हुने जानाले बताए।

प्रतिक्रिया दिनुहोस्
MBL