Logo

खल्ती डिजिटल वालेट चौथो बर्षमा प्रवेश, बार्षिकोत्सवमा ल्यायो उपहार योजना

खल्ती डिजिटल वालेट चौथो बर्षमा प्रवेश, बार्षिकोत्सवमा ल्यायो उपहार योजना



काठमाडौं । पेमेन्ट गेटवे खल्ती डिजिटल वालेट चौथो बर्षमा प्रवेश गरेको छ । खल्तीले प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ कारोबार सहज र सरल बनाउँदै आएको छ । सुरू गरेको तीन बर्षमै खल्ती वालेटका १४ लाखभन्दा बढी प्रयोगकर्ता भएका थिए।

laxmi

ुखल्तीु वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिन्छ । यसको प्रयोग गरेर मोवाइलबाटै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । खल्तीबाट रकम भुक्तानी गर्दा क्यासब्याक समेत पाइन्छ । यसले गर्दा ग्राहकको नगदको बचतसमेत हुन्छ ।

खल्तीले बार्षिकोत्सवका अवसरमा प्रवर्द्धनात्मक योजना सुरू गरेको छ । कम्पनीको उक्त योजना अन्तर्गत कुल १६ जना प्रयोगकर्ताले ४ हप्तासम्म ४ ओटा सुविधा मध्ये कुनै एकको भुक्तानी गरी सहभागी भएर निम्न उपहार जित्न सक्नेछन्। हरेक हप्ता सेवाग्राहीले डिटिएचको शुल्क भुक्तानी गर्नेलाई १ थान टिभी, मोबाइल रिचार्ज गर्ने लाई १ स्मार्टफोन, इन्टरनेट शुल्क भुक्तानी गर्नेलाई १ बर्षे इन्टरनेट सब्क्रिप्शन र खल्ती बैंक डायरेक्ट अन्तर्गत बैंक लिंक गर्दा १ स्मार्ट वाच पाउनेछन
। उक्त योजना यही जनवरी २६ देखि फेब्रुअरी २६ सम्म एक महिना संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL