Logo

कति छन् विश्वभर इन्टरनेट प्रयोगकर्ता, नेपालको अवस्था के छ ?

कति छन् विश्वभर इन्टरनेट प्रयोगकर्ता, नेपालको अवस्था के छ ?



काठमाडौं । पछिल्लो समय तीव्र गतिमा बिस्तार भइरहेको इन्टरनेट अहिले विश्वकै सम्पूर्ण मानव जगतका लागि महत्वपूर्ण आवश्यकता बनेको छ । सूचना, मनोरञ्जन, ज्ञानका लागि भरपर्दो माधयम बनेको इन्टरनेट विश्वका प्रायः सबै राष्ट्रमा उपयोग भइरहेको छ ।

पछिल्लो तथ्यांकअनुसार सन २०२० को पहिलो त्रैमाससम्म विश्वभर ३ अर्ब १३ करोड बढी मानिसहरुले इन्टरनेट सेवाको प्रयोग गरिरहेका छन् । स्ट्याटिस्टाका अनुसार हालसम्म विश्वभर इन्टरनेट पेनिट्रेसन ४२ प्रतिशत पुगेको छ । जुन अमेरिकामा मात्रै ८४ दशमलव २ प्रतिशत पुगिसकेको छ ।

यस्तै विश्वभर इन्टरनेट चलाउने जनसंख्याको ५२ दशमलव ४ प्रतिशत जनसंख्याले आफ्नो मोबाईल डिभाइसबाट इन्टरनेट चलाउने गरेका छन् । स्ट्याटिस्टाको तथ्यांकअनुसार हालसम्म चीनको ९० करोड ४० लाख बढी जनसंख्या इन्टरनेटको पहुँचमा छ ।

यस्तै इन्टरनेट पहुँचको आधारमा चीनभन्दा पछिल्लो स्थानमा रहेको अमेरिकाको २७ करोड ९८ लाख ३४ हजार जनसंख्या इन्टरनेटको पहुँचमा छ । साथै भारतको २४ करोड जनसंख्या इन्टरनेटको पहुँचमा रहेको बताईएको छ ।

स्ट्याटिस्टाका अनुसार जापान, ब्राजिल, रुस, जर्मनी, नाईजेरिया र बेलायत इन्टरनेट पहँुचका आधारमा क्रमशः चौथो, पाँचौ, छैठौं, सातौँ र आठौं स्थानमा छन् ।

सामाजिक संजालको बढ्दो प्रयोग र अत्यावश्यक वस्तुको रुपमा इन्टरनेटलाई लिईँदा यसको प्रयोग बढ्दै गएको छ । तर अझै विश्वको आधाभन्दा बढी जनसंख्या इन्टरनेटको पहँुचबाट बाहिर रहेको तथ्यांकले देखाउँछ ।

सन् २०२० को अप्रिलसम्ममा विश्वभर २ अर्ब ७ करोड बढीओटा सामाजिक संजालका अकाउन्ट एक्टिभ थिए । तर, फेसबुकले उपलब्ध गराएको तथ्यांकअनुसार सन २०२० को दोस्रो चौमासिकमा फेसबुकका मात्रै मासिक प्रयोगकर्ताको संख्या २ अर्ब ७० करोड रहेको थियो । विश्वका मानिसहरु करिव ४ घण्टा २५ मिनेट समय इन्टरनेटमा व्यतित गर्ने गरेकोसमेत तथ्यांकमा उल्लेख छ ।

नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको गत कात्तिकसम्मको तथ्यांकअनुसार नेपालको ८० प्रतिशत जनसंख्यासम्म ब्रोडब्याण्ड ईन्टरनेट पुगिसकेको छ । जसमध्ये ५ दशमलव ३ प्रतिशतले मोबाईल ब्रोडब्याण्ड इन्टरनेटको प्रयोग गर्ने गर्दछन भने २० दशमलव ४८ प्रतिशतले तारसहितको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट प्रयोग गरिरहेका छन् ।

नेपालमा हाल २ करोड ३९ लाख २१ हजार १ सय ८० जनासम्म इन्टरनेटको पहुँच पुगिसकेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । नेपालको तथ्यांक उपलब्ध गराउने युरोपियन युनियनबाट संचालित नेपोलियन क्याट डट कमका अनुसार सन २०२० को डिसेम्बरसम्म नेपालमा १ करोड २२ लाख ९५ हजार हजारओटा फेसबुकका अकाउन्ट एक्टिभ छन् । जसमध्ये ४० दशमलव ४ प्रतिशत महिला र ५९ दशमलव ६ प्रतिशत पुरुषहरु यसमा आवद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL