Logo

विधीले शुरु गर्यो हाम्रो मुभी, अनलाइनबाटै नेपाली चलचित्र हेर्न सकिने

विधीले शुरु गर्यो हाम्रो मुभी, अनलाइनबाटै नेपाली चलचित्र हेर्न सकिने


बिजखबर संवाददाता
0
Shares

अव अनलाईन बाटै नयाँ तथा पुराना नेपाली चलचित्र हेर्न सकिने भएको छ । विधी प्रालिले हाईलाईट्स नेपालसंगको सहकार्यमा उक्त कार्यको शुरु गरेको हो । कम्पनीले नेपालमै पहिलोपटक ‘हाम्रोमुभी डटकम’ मार्फत उक्त सुविधाको शुरुवात गरेको हो ।

यस पोर्टलबाट विश्वभरमा रहेका नेपालीले जहिलेसुकै नयाँ र पुराना नेपालीचलचित्र हेर्न सक्ने छन् । यसमा चलचित्रका साथै ट्रेलर, पोस्टर र छोटा चलचित्र (सर्टमुभी) समेत हेर्न सकिने छ ।

नेपाली चलचित्र प्रेमीका लागि होम थिएटरको झल्को दिने सेवा सुरु गर्ने विधिल ेविश्वास लिएको छ । हाल २० वटा नेपाली चलचित्रबाट उक्त सेवा शुरु गरिएको छ । केही समयभित्रै उच्च गुणस्तरका २ सयभन्दा बढी नेपाली चलचित्र अनलाइनमै उपलब्ध गराइने विधिका प्रमुख कार्यकारी अधिकृत सुवाष सापकोटाले बताए । ‘भविस्यमा नेपाली चलचित्र हाम्रो मुभिबाटै रिलिजगर्ने व्यवस्था मिलाउने छौं,’ सापकोटाले भने ।

अनलाइनमा उपलब्ध चलचित्र हेर्न दर्शकले निश्चित शुल्क तिर्नु पर्ने छ । त्यसैगरी केही चलचित्र भने निशुल्क उपलब्ध हुनेछन ।

नेपाली चलचित्र मार्फत नेपाली संस्कृती संरक्षण र राष्ट्रिय एकता कायम गर्ने उद्देश्य अनुरुप उक्त सेवा संचालनमा ल्याइएको कम्पनीले बताएको छ । ‘नेपाली चलचित्र विश्वबजारको खस्किदो अवस्थालाई उत्थान गरी बजार विस्तारमा हाम्रो मुभिले टेवा पुर्याउने छ,’ सापकोटाले भने । साथै, नेपाली चलचित्र व्यवसायलाई आर्थिक रुपले सबल, अत्मनिर्भर र विश्वबजारमा उत्कृष्ट स्थानमा पुर्याउन आधुनिक प्रविधि प्रयोग गरिएको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL