Logo

कोरोनाबारे जानकारी दिन सरकारको नयाँ वेब पोर्टल ‘डाँफे’ सञ्चालनमा, अनलाईन ट्रेनिङदेखि लाईभ अपडेटसम्म

कोरोनाबारे जानकारी दिन सरकारको नयाँ वेब पोर्टल ‘डाँफे’ सञ्चालनमा, अनलाईन ट्रेनिङदेखि लाईभ अपडेटसम्म

काठमाडौं । सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थित गर्न आजदेखि डाँफे हेल्थ डटकम (www.danphehealth.com) सञ्चालनमा ल्याउने भएको छ । कोरोना भाइरसका बारेमा सही जानकारी तथा सूचनाहरु उपलब्ध गराउनका लागि नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

laxmi

स्वास्थ्य मन्त्रालयका सल्लाहाकार डा. खेम बहादुर कार्कीले शनिबारदेखि डाँफे हेल्थ डटकम सञ्चालनमा आउने बताए । पत्रकार सम्मेलनमा बोल्दै उनले भने, सूचना र ज्ञान सीप आदान प्रदान गर्नका लागि डेडिकेटेड वेब पोर्टल तयार पारिसकेका छौं । शनिबारदेखि यो लर्निङ पोर्टल पूर्ण रुपमा सञ्चालनमा आउँछ ।

डाँफे हेल्थ डटकमबाट डाक्टर, स्वास्थयकर्र्मी तथा स्वास्थ्यक्षेत्रमा आवद्ध धेरै व्यक्तिहरुको कोभिड १९ का बारेमा उत्पन्न जिज्ञासा तथा समस्या समाधानका लागि प्रभावकारी हुने अपेक्षा गरिएको उनले पत्रकार सम्मेलनमा बताए ।

‘विश्व स्वास्थ्य संगठनले जसरी कोभिडको बिषयमा जानकारीहरु ल्याइरहेको छ । यसैगरी सरकारले यस वेवसाइटमार्फत कोभिड नियन्त्रणका लागि सरोकारवाला व्यक्तिहरुको ज्ञान र सिप आदनप्रादन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ’ उनले भने ।

आइमार्क डिजिटलसँगको सहकार्यमा सञ्चालनमा ल्याउन लागिएको लर्निङ पोर्टल मार्फत सरकारले डक्टर तथा हेल्थ वकर्सहरुलाई अनलाइन ट्रेनिङको व्यवस्था समेत गर्ने जनाएको छ । डाँफे हेल्थ डकटकम लग इन गरे पछि कोभिड १९ मा क्लिक गरेर डाइरेक्ट लगइनमा क्लिक गरी युजर आईडी तथा पासवर्ड बिना लगइन गर्न सकिने आईमार्क डिजिटलका अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताए ।

उनका अनुसार लर्निङ पोर्टलबाट सर्वसाधारणका साथै स्वाथ्यर्कीहरुले पाउने सूचना तथा जानकारीहरु प्रमाणित सूचना मात्र हुने बताए । पोर्टल लञ्च गर्न सबै तयारी पूरा भएको बताउँदै उनले आजै पोर्टल लाइभ हुने बताए ।

स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनको भिडियो प्रशारण यहाँबाट हेर्न सकिने छ ।
https://www.facebook.com/mohpnep/videos/203462447756023/?t=1312

प्रतिक्रिया दिनुहोस्
MBL