Logo

शनिबार राती टेलिकमको सेवामा समस्या आउने, समस्या सुल्झाउन यस्तो गर्नुहोस

शनिबार राती टेलिकमको सेवामा समस्या आउने, समस्या सुल्झाउन यस्तो गर्नुहोस



काठमाडौं । शनिबार राती साढे ११ बजेदेखि नेपाल टेलिकमको सेवामा समस्या आउने भएको छ । टेलिकमले आफ्नो फोरजी एलटीई सेवाका लागि सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले यस्तो समस्या आउने बताएको छ ।

कम्पनीले देशभर फोरजी एलटीई सेवा विस्तार गरिरहेको अवस्थामा सेवामा अपग्रेड गर्न लागेको हो । कम्पनीको फोरजी सेवा संचालनका लागि राती साढे ११ बजेदेखि सिस्टम अपग्रेड गर्ने भएको हो ।

यसका लागि भने सेवाग्राहीले आफ्नो फोन/मोबाईल एकपटक स्विच अफ गरेर अन गर्न टेलिकमले सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL