Logo

नयाँ बर्षमा एनसेलको कोसेली, प्रिपेडबाट उपहार पठाउन सकिने

नयाँ बर्षमा एनसेलको कोसेली, प्रिपेडबाट उपहार पठाउन सकिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
६ बैशाख,काठमाडौं । एनसेलले नयाँ बर्षको अवसर पारी आफ्ना प्रिपेड ग्राहकका लागि एनसेल कोसेली नामक नयाँ सेवा ल्याएको छ । यस सेवामार्फत एनसेलका प्रिपेड ग्राहकले आफ्ना आफन्त तथा साथीहरुलाई एनसेलको कुनै पनि नम्बरमा कल गर्न मिल्ने टक टाईम र डेटा प्याक उपहार स्वरुप पठाउन सक्नेछन् ।

बैशाख ५ गतेबाट लागु भएको सो योजनामा एनसेलका प्रिपेड ग्राहकले अर्को प्रिपेड प्रयोगकर्तालाई २० मिनेटको अन नेट टक टाइम, ४० एमबी डेटा र ५ सय एमबी डेटा उपहार स्वरुप पठाउन सक्नेछन् ।
२० मिनेट टक टाइम उपहारको शुल्क कर सहित ४९ रुपैयाँ ४७ पैसा लाग्नेछ । साथै ४० एमबी डेटा उपहारको शुल्क कर सहित १११ रुपैयाँ ८७ पैसा र ५सय एमबी डेटा उपहारको ४ सय ५० रुपैयाँ ८७ पैसा लाग्नेछ ।

उपहार स्वरुप प्राप्त टक टाइम एनसेलको कुनै पनि नम्बरमा कुरा गर्न प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । साथै यसको प्रयोगका लागि कुनै समयासिमा नभएको बताइएको छ । कम्पनीका अनुसार डेटा उपहार ३० दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ ।
ग्राहकले एनसेल कोसेलीेको सुविधा निःशुल्क प्रयोग गर्न सक्छन् । उपहार वापतको शुल्क भने उपहार पठाउने ग्राहकको ब्यालेन्सबाट काटिनेछ ।

ग्राहकले १७१११ डायल गरी निर्देशन अनुसार आफुले चाहेको उपहार छान्न र प्रियजनलाई सजीलै उपहार गर्न सक्छन् ।

विभिन्न नम्बरमा जति पटक पनि उपहार पठाउन सकिनेछ । एउटै नम्बरले भने टक टाइमको उपहार दिनमा अधिकतम २० पटकसम्म र डेटा उपहार दुई दिनमा अधिकतम २० पटकसम्म पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL