Logo

माइक्रोम्याक्सले खोल्यो पहिलो पटक शोरुम, मुरारकाले गरे उद्घाटन

माइक्रोम्याक्सले खोल्यो पहिलो पटक शोरुम, मुरारकाले गरे उद्घाटन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२ बैशाख, काठमाडौं । माइक्राम्याक्स मोवाइलले पहिलो पटक शोरुम खोलेको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई अझै सुविधाजनक सेवाहरु प्रदान गर्नका लागि आफ्नो पहिलो सोरुम खोलेको हो । उक्त शोरुमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाह अध्यक्ष पशुपति मुरारका तथा क्रिकेटर बसन्त रेग्मीले गरेका थिए ।

माइक्रोम्याक्सले काठमाडौँको न्युरोडस्थित ताम्राकार हाउसमा ‘माइक्रोम्याक्स वल्ड’ नामक शोरुम खोलेको हो । उक्त शोरुममा मोबाइल फोनका सम्पूर्ण सामग्रीहरु उपलब्ध पाइनेछ । कम्पनीले सोही अवसरमा माइक्रोम्याक्स ललिपप ५ अपरेटिङ सिस्टम भएको माइक्रोम्याक्स क्यानभास फायर ४ पनि उपलब्ध गराएको छ ।

क्यानभास फायर ४ मा ४ दशमलव ५ इन्चका स्क्रिन रहेको छ । यस्तै, १ दशमलव ३ गिगाहर्ज प्रोसेसर रहेको छ । सो फोनमा एलइडी फ्ल्यास भएको ८ मेगा पिक्सलको व्याक र २ मेगा पिक्सल भिजीए फ्रन्ट क्यामरा रहेको छ ।

कम्पनीले शोरुमको उद्घाटनको अवसरमा ग्राहकहरुका लागि विभिन्न उपहार तथा योजनाहरु प्रस्तुत गरेको छ । ग्राहकहरुले मोबाइल स्टिकर, सेल्फी स्ट्याण्ड, मेमोरी कार्ड, पावर बैँक, ब्लुटुथ जस्ता सामग्रीहरु उपहारका रुपमा पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL