Logo

ओप्पोको सुपर भोक चार्जिङ प्रविधि, १० करोडभन्दा बढी फोनमा प्रयोग

ओप्पोको सुपर भोक चार्जिङ प्रविधि, १० करोडभन्दा बढी फोनमा प्रयोग



काठमाडौं । ओप्पोको प्रोप्राईटरी र्यापिड चार्ज प्रविधि १० करोभन्दा बढी विक्री भएको छ । ओप्पोले सन २०१४ मा ल्याएको उक्त सुपर भोक फ्ल्याश चार्ज ब्राण्डका अनुसार हाल विश्व बजारमा १० करोडभन्दा बढी यो प्रविधि प्रयोग भएका फोनहरु बजारमा विक्री भएका हुन ।
साधारण ५भी÷१ए चार्जरका तुलनामा भोक फ्ल्याश चार्जले ४ गुणा तिब्र गतिमा चार्जिङ सुविधा दिने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार सन् २०१६ मा भोकको परिस्कृत भर्जन सुपर भोक प्रविधि सार्वजनिक गर्यो । अहिले विश्वबजारमा स्मार्टफोनका लागि यो नै सर्वाधिक तिब्र गतिमा चार्जिङ सुविधा उपलब्ध गराउने प्रविधिका रुपमा विद्यमान छ ।

परिक्षणमा फोनको ब्याट्री लेभल मात्र १० मिनेटको चार्जमा ४० प्रतिशत सम्म पुगेको जानकारी दिइएको छ ।

उदाहरणका लागि सोच्नुस्, एका विहानै तपाई कुनै अत्यावश्यक मिटिङमा जानु पर्नेछ । तर, तपाईको फोनको ब्याट्री मिटरले जम्मा १०% ब्याट्री बाँकी रहेको बताइरहेको छ । यस्तोमा तपाईँले आफ्नो विहानीको कफी पिउँदै गर्दा फोनको ब्याट्री ५० प्रतिशत सम्म चार्ज गर्न सक्नु हुनेछ । यो प्रविधि निरन्तर काममा ब्यस्त रहने तथा कामका लागि फोनको अटूट प्रयोग गरिरहनु पर्नेहरुका लागि वरदान नै हो । नेपालमा पनि मध्य दिसेम्बरमा सार्वजनिक सुपर भोक सुसज्जित आर१७ प्रोले स्मार्टफोन प्रयोगकर्ताहरु माझ निकै लोकप्रियता र चर्चा कमाइरहेको छ ।
स्मरण योग्य कुरा, टीयूभीले अहिले सम्म मात्र ३ ओटा मोबाइल फोन प्रविधि÷उत्पादनलाई मात्र मान्यता प्रदान गरेको छ । ती मध्य दूई ओटा ओपो आर १७ प्रो र फाईन्ड एक्सका लागि सुपर भोक फ्ल्यास चार्ज रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL