Logo

नेपालमै पहिलोपल्ट ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ हुँदै, यस्ता छन फाइदा

नेपालमै पहिलोपल्ट ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ हुँदै, यस्ता छन फाइदा



काठमाडौं । नेपालमा पहिलो पटक अन्तरराष्ट्रिय स्तरको ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ हुने भएको छ ।

साइबर सुरक्षा बारे अन्तरराष्ट्रिय स्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्देश्यले यहि साउन ११ र १२ गते सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ हुने भएको हो ।

‘बिल्डिङ ग्लोबल एलायन्स फर साइबर रिजेलियन्स’ भन्ने मूल नारासहितको उक्त सम्मेलन होटल र्याडिसन होटलमा हुने आयोजक इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल(नेपसर्ट) ले जानकारी दिएको छ । उक्त समिटको पहिलो दिन साउन ११ गते नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा प्रि–समिट वर्कसप सञ्चालन हुनेछ ।

सम्मेलनमा सूचना प्रविधि क्षेत्रमा आबद्ध व्यवसायीक व्यक्तिहरु, सुरक्षा विज्ञहरु, सरकारी अधिकारीहरु, व्यवसायीहरुका साथमा विद्यार्थीहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

समिटको अवसरमा विश्वपरिवेशमा साइबर सुरक्षाका विभिन्न आयामहरु बारे छलफल हुनेछ । विशेषगरी साइबर कानून, साइबर नीति र साइबर सुरक्षाका अभ्यासहरुबारे विश्लेषण र निदानका विषयमा गम्भीर रुपमा छलफल हुने तथा व्यापार तथा वित्त क्षेत्रको आवश्यकता अनुसार साइबर सुरक्षाका नयाँ क्षेत्रहरुको पहिचान पनि हुने आयोजकको दाबी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL