Logo

आजदेखि बढ्यो इन्टरनेटको मूल्य, थपियो १३ प्रतिशत सेवा शुल्क

आजदेखि बढ्यो इन्टरनेटको मूल्य, थपियो १३ प्रतिशत सेवा शुल्क



काठमाडौं । आजबाट इन्टरनेटको मूल्य बढेको छ । नेपाल सरकारले चालु आर्थिक बर्षको बजेट कार्यन्वयनमा ल्याएसँगै इन्टरनेट लगायत दुरसंचार सेवाको मूल्य बढ्न गएको हो ।

सरकारले चालु आवको बजेट बक्तव्यमा विभिन्न किसिमका दुरसंचार सेवा प्रदायकका साथै इन्टरनेट सेवा प्रदायकले मौजुदा मूल्यमा १३ प्रतिशत दुरसंचार सेवा शुल्क लगाउने निर्णय गरेको थियो । सोही अनुरुप आफ्नो सेवा शुल्कमा पनि वृद्धि गर्न बाध्य भएको सुविसु केवल इन्टरनेट प्रालिका अध्यक्ष सधीर पराजुलीले बताए । अर्का इन्टरनेट सेवा प्रदायक क्लासिकटेकले पनि सोहि बजेट बक्तव्य अनुसार आजदेखि आफ्नो मौजुदा शुल्कमा १३ प्रतिशत अन्य शुल्क थपिएको सुचना जारी गरेको छ ।

कम्पनीले आफ्नो इन्टरनेटको मौजुदा मासिक शुल्कमा दुरसंचार सेवा शुल्कका नाममा १३ प्रतिशत शुल्क जोड्ने भएको हो । यो मात्र नभई अन्य किसिमका इन्टरनेट सेवा प्रदायकहरु जस्तै नेपाल टेलिकम, भायानेट इन्टरनेट, वल्र्डलिङ्क कम्युनिकेसनलगायतका सेवा प्रदायकहरुले आफ्नो शुल्कमा वृद्धि गरेका छन ।

वल्र्डलिङक कम्युनिकेसनका मार्केटिङ म्यानेजर लक्ष्मण यादवले सेवा शुल्क बढनुमा सेवा प्रदायकको गल्ती नभएको बताउँछन । ‘इन्टरनेटको शुल्क बढ्नुमा सरकारको हात छ । अहिले थप्ने भनिएको दुरसंचार सेवा शुल्क सरकारले लागु गरेकोले यसका हामीहरुको गल्ती छैन,’ उनले भने ।

सरकारले चालु आवको बजेटमा दुरसंचार सेवा प्रदायक कम्पनीलाई दुरसंचार सेवा सुल्क वापत १३ प्रतिशत लाग्ने निर्णय गरेको थियो । सरकारले यसअघि जम्मा शुल्कवापत ११ प्रतिशत लिँदै आएकोमा आजदेखि १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) सहित १३ प्रतिशत शूल्क पनि तिर्नुपर्ने भएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL